Photo of Milford Sound in New Zealand

काठमाडौं, १४ मंसिर । आफ्नो दसौं वैवाहिक वर्षगाँठको अवसरमा कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेशपायल राई र अञ्जु पन्तको स्वर रहेको सो म्युजिक भिडियोको निर्माण सुबिहानी फिल्मसले गरेको छ ।

दिनेश थपलियाले लेखेको गीतलाई अर्जुन पोखरेलले संगीत दिएका छन् । ‘म जुन दिनदेखि…’ बोलको म्युजिक भिडियोको निर्देशन धुर्मुस सुन्तली आफैंले गरेका छन् । विदेशको रमणीय लोकेसनमा छायाँकन गरिएको गीतलाई पापा र नवराज उप्रेतीले खिचेका छन् ।

कुञ्जना घिमिरेले यसअघि नै केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । धुर्मुस सुन्तली दम्पतीले अभिनय गरेको सम्भवतः यो नै पहिलो सुगम संगीतको म्युजिक भिडियो हो ।

The post राजेशपायल राई र अञ्जु पन्तको गीतमा धुर्मुस सुन्तलीको म्युजिक भिडियो, हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Agv08K
via IFTTT

0 comments:

Post a Comment

add

 
Top