Photo of Milford Sound in New Zealand

काठमान्डौंबाट अर्घाखाची जादै गरेको बस त्रिशुलीमा खसेपछि उद्धार गरिएको बालकलाई एक महिलाले दुध चुसाउँदै…. बाबाआमा के कसो भए अझै पत्तो थिएन दैवको लीला पनि अचम्मको हुन्छ । दुधे बालक च्यापेर घरसम्मको यात्रामा बस चढेकी आमा यतिबेला त्रिशूलीमा बेपत्ता भइरहँदा उनका दुधे नाबालक भने मुटुमा चोट लिएर अस्पतालमा छट्पटाइरहेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा बुधबार यात्रु बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा आठजना यात्रुको ज्यान गयो । यही घटनामा अर्घाखाँचीकी मनिषा थापा पनि परिन् ।

चालक दलका सदस्यसहित ३२ यात्रु लिएर काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दियो । ट्रकको ठक्करबाट रन्थनिएको बस एकैचोटी त्रिशूलीमा पुग्यो ।

बालकलाई च्यापेकी मनिषालाई हेर्दाहेर्दै त्रिशूलीले निल्यो । उता उनकै काखमा खेलिरहेका ६ महिने नाबालक त्रिशूलीको बगरमा बजारिए ।बस सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा झर्दा ६ जनाको घटनास्थलमै ज्यान गयो । अन्य दुईजनाले उपचारका क्रममा ज्यान गुमाए । तर, मनिषालाई भने दुधे बालकसँग खोसेर त्रिशूलीले निल्यो । आमाको काखमा सल्बलाइरहेका दुधे बालकलाई मुटुमा चोट दिँदै नियतिले त्रिशूलीको बगरमा थेचारिदियो ।

बस दुर्घटनापछि गोताखोरहरुले बसलाई २५ नदीको फिट गहिराईमा भेट्टाए तर, मनिषाको अझै अत्तोपत्तो छैन । उता उनका नाबालक भने चितवनको अस्पतालमा जीवन मरणको दोसाधमा छट्पटाइरहेका छन् ।

नाम नखुलेका करिब ६ महिने नाबालक अहिले भरतपुरको पुरानो मेडिकल कलेजको पीआइसीयूमा छटपटाइरहेका छन् । मुटुमा चोट लागेका बालकको पीआइसीयूमा उपचार भइरहेको कलेज अफ मेडिकल साइन्सेज भरतपुरका आकस्मिक सेवा कक्ष प्रमुख डाक्टर रोहन झाले जानकारी दिए ।

‘बालकको छातीमा चोट लागेकोले उनको अवस्था असमान्य रहेको छ’, डाक्टर झाले भने, ‘बिहीबारसम्ममा केही सुधार हुन सक्ने आश गरेका छौँ ।’

बालककी आमा अर्घाखाँची घर भएकी २५ वर्षीय मनिषा दुर्घटनामा त्रिशूलीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । उनका अनुसार गोताखोरहरुले दिनभरी खोजी गर्दा पनि मनिषालाई भेट्टाउन सकेनन् ।

अहिलेसम्म आठको मृत्यु

घटना लगत्तै त्रिशूलीको बगरमा छ जनाको शव भेटिएको थियो । कुरिनटारको गोताखोर प्रहरीले त्रिशूलीबाट एकजनाको शव निकालेको थियो । त्यसपछि उपचारका क्रममा काठमाडौँको बीएण्डबी अस्पतालमा एकजना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बीएण्डबीमा ज्यान गुमाउनेमा सन्धिखर्क नगरापलिका–४ की ४३ वर्षीया लक्ष्मी पौडेल हुन् जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार मृत्यु भएकामध्ये अर्घाखाँची घर भएका ५२ वर्षीय नधराज अधिकारी, अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेल, दैलेखका ३३ वर्षीय अम्बरबहादुर शाही र नवलपरासीका कृष्ण ढकाल, रुपन्देहीका दिपक पाण्डे, कपिलबस्तुका ओमबहादुर सिंजापतिको परिचय खुलेको छ । अर्का व्यक्ति विष्णुको थर र ठेगाना खुल्न सकेको छैन ।

मृतकका आफन्तहरु चितवन आउने क्रममा रहेकोले अन्य चारजनाको सनाखत हुने समय लाग्ने पन्तले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका सातजनाको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको पन्तले बताए । २१ जना घाइतेमध्ये नौजनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते १२ जनालाई एम्बुलेन्स र हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।

यसो भन्छन् बसका सहचालक

बसका सहचालक सुनील क्षेत्रीका अनुसार बसमा ३२ जना सवार थिए । बुधबार बिहान कलंकीबाट २६ यात्रुसहित छुटेको बसमा कलंकीबाट थप चार जना यात्रु थपिएका क्षेत्रीले जानकारी दिए ।

दुईजना गाडीका स्टाफ र ३० जना यात्रु सवारी गाडी चुम्लिङटारको घुम्तीमा दुर्घटनामा परेको क्षेत्रीको भनाइ छ । दुर्घटनापछि तीनजना यात्रु हराइरहेका छन् । अर्घाखाँचीकी २५ वर्षीय मनिषा थापासहित तीन जना हराएका हुन् ।

उपचारका लागि भरतपुर ल्याइएकामध्ये नौ जनाको मात्रै परिचय खुलेको छ । घाइतेमध्ये बसका चालक कपिलबस्तु घर भएका ४० वर्षीय यमबहादुर क्षेत्री, सहचालक प्युठान घर भएका २० वर्षे सुनील क्षेत्री, अर्घाखाँचीकी २१ वर्षीय ईन्दिरा दमासे, अर्घाखाँचीकै २० वर्षीय सन्दिप दमासे र अर्घाखाँचीका ३० वर्षीय गोविन्दबहादुर सुनार रहेका छन् ।

त्यसैगरी बाँकेकी ४० वर्षीय उमा पोखरेल, अर्घाखाँचीका ३१ वर्षीय राजेन्द्र रायमाझी, अर्घाखाँचीका ४२ वर्षीय माधव खनाल र नाम नखुलेका करिब ५-६ महिनाका बालक छन् । सबैको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भरतपुरमा उपचार भइरहेका मध्ये माधव खनाल सहित तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । ‘खनालको फियो फुटेको छ, हामीले अप्रेशन गर्दैछौँ’ झाले भने, ‘उमा पोखरेल र बालकको अवस्था गम्भीर देखिएको छ, उनीहरुको उपचारमा हामी खटिरहेका छौँ ।’ चारजनाको टाउकोमा चोट लागेपनि अवस्था सामान्य रहेको छ । सन्दिप दमासेको करङ भाँचिएको झाले जानकारी दिए ।

-ekhabarchautari.com

The post कठै यी बालक: आफ्नो बुबा आमालाई दुर्घटना संगै कहाँ पुर्यायो अत्तो पत्तो छैन एउटा दर्दनाक तितो सत्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zAn2Eq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top