Photo of Milford Sound in New Zealand

पैसा र सफलता, कडा मिहिनेत र परिश्रमिले मात्रै कमाउँछ । कसैको पनि भगवानले भाग्यमा लेखिदिएका हुँदैनन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन् अति परिश्रमी र मिहिनेति नवलपरासी गैडाकोट स्थायी घर भएका हाल इजरायलमा कार्यरत देब घिमिरे ।

करिब नौँ बर्ष अगाडि २००७ मा मेनपावर कम्पनि मार्फत बृद्दबृद्दाको हेरबिचार गर्ने (केयर गिभर) भिषामा इजरायल आइपुगेका उनको ठुलो र उच्च महत्वकांक्षा थिएन । त्यतिबेलाको मासिक तलब पैतालिस/पचास हजारबाट सन्तुस्टि लिएर चाँर पाच बर्ष बिदेशमा दुँख गरिसकेपछि नेपाल फर्किएर एउटा बस्नको लागी घर र ब्यापार ब्यबसायको लागी दुइ/चार लाख जम्मा गरेर लैजाने साधारण सोच बनाएका देब घिमिरे आज दुई/चार करोडका मालिक बनेका छन् । र चितवन नवलपरासी लगाएतको राम्रा ठाउँमा घर–घडेरी जोडेका छन् ।

इजरायल आइपुगेका सुरुका दिनमा भने जस्तो काम नपाएर दिक्क भएका उनलार्इ कर्मले डोहर्याउँदै ‘ज्ञाने याभ्ने’ भन्ने इजरायलको एउटा गाउँमा पुर्यायो । जहाँ उनले करिब ८० बर्षका बृद्दको हेरबिचार गर्न पर्थ्यो ।

काम गर्दै जाँदा काम गरिराखेकै घरको पछाडि उनले पैसा फल्ने ठाउँ अर्थात यत्तिकै खेर गइराखेको घर मालिकको बाँझो जमिन देखे ।उनले त्यो खाली जमिनमा नेपाली रायोको साग रोप्ने र शुक्रबार शनिबार नेपालीहरु छुट्टि मनाउन जम्मा हुने मुख्य ठाउँ तेलअभिबमा शहरमा लगि बेचेर अतिरिक्त आम्दामी गर्ने सोच बनाए । केहि दिनपछि काम गरिराखेको ठाउँको मालिकसँग आफ्नो कामबाट फुर्सदको अतिरिक्त समयमा साग खेती गर्ने र सिंचाइको लागि तिर्नुपर्ने पानि लगाएत अन्य रकम आफूले ब्यहोर्ने प्रस्ताब राखे । उनका मालिक मनकारी भएकाले उनले तुरुन्तै मन्जुरी दिए ।

सुरुको दिनमा दश मुठ्ठा साग उत्पादन गरेर बेच्न थालेका देब अहिले करिब एक कट्ठामा खेती गर्छन् । र उनका मुख्य ग्राहक नेपाली नै हुन् । बिल्कुलै खाली हात बस्न नरुचाउने स्वभावका उनीसँग नियमित काम र साग खेतीको अलावा अरु बाँकि केहि समय थियो । उनले त्यो समय स्थानीय अरबिको खसी–बोका फार्ममा गएर खसी काटेर नेपालीलार्इ खसीको मासु पनि बेच्न थाले ।

सुरुमा सिंगो एउटा खशीको मासु बेच्न धौधौ परेको उनले अहिले प्रति महिना पाँच देखि सात वटा सिंगो खसीको मासु सजिलै बेच्छन् । त्यस्तै नेपाली चाडपर्बको बेलामा खसीको मासुको माग उनले धान्नै सक्दैनन् । सधै हसिला अनुहारमा फुर्तिला देखिने दुर्इ लक्का जवान छोराका बाबु उनी विदेशी भूमिमा नेपालकै जस्तो रायोको साग अनि खसिको मासु नेपाली दाजुभाइ दिदिबहिनिलार्इ खुवाउन सकेकोमा धेरै खुशी छन् ।

असल, मिहिनेति राम्रो मन र मिजासिला स्वभाबका देब बिहान सामान्यत ४/५ बजे उठिसक्छन् र दिनभरी खटिएर काम गर्छन् । उनको आरामको समय भनेको राति सुत्ने बेलामा मात्रै हो । इजरायलमै हुने नेपालीहरुको बिहे पाटी रमाइलोतिर जाने समय नपाएका उनी अझै केही बर्ष यतै बसेर सकेको मिहिनेत गर्ने, पैसा कमाउने र आफ्नै देश नेपाल गएर रमाइलो घुमाघाम गर्ने बताउँछन् ।

साग र खसीको मासु बेचेर नियमित तलब बाहेक महिनाको करिब चार–पाच लाख रुपैयाँ आम्दामी गर्छन् उनी। उनलाइ धेरै माया गर्ने उनकी जीवन संगिनि सुमित्रा घिमिरे पनि इजरायलमै छिन् । श्रीमतीको माया सुखदुःखमा साथ मिल्ने अनि काममा पनि सहयोग हुने हुनाले पनि विदेशको बसाइ लम्बिएको भनको भनाइ छ । विश्वको जुनसुकै कुनामा भएपनि मिहिनेति पौरखी मानिसहरुको पछाडि मात्रै पैसा दौडने विश्वास राख्ने देब घिमिरे विदेशी भूमिमा नाम र दाम कमाउँन सफल भएका छन् । उनीबाट सबै विदेशिएका नेपालीहरुले प्रेरणा लिनुपर्छ ।

kathmandutoday.com मा प्रकाशित

The post विदेशी भूमिमा साग फलाएर करोडौ कमाउने एक पौरखी नेपालीको कथा ( पढ्नुस अनि सेयर नि गर्नुस ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i7L7P8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top