Photo of Milford Sound in New Zealand

हिमालयको काखमा निर्क दुर्लभ स्थानमा एक गुफा छ । जहाँ भगवान महादेवले आफ्ना छोरा गणेशको शिर काटेको र पछि हात्तीको टाउको जोडेको विश्वास गरिन्छ । यहाँ यी घटनाको प्रमाणसमेत भेटिने स्थानीय दावी गर्छन् ।

समुद्र सतहबाट १६७० मिटरको उचाइमा रहेको यो गुफासम्म पुग्न सजिलो छैन । कैयौं किलोमिटर पैदल हिँडेपछि बल्ल अल्मोडाबाट २ सय २० किलोमिटर टाढा रहेको यो गुफामा पुग्न सकिन्छ । यो गुफा भारतको उत्तराखण्डमा रहेको पिथौरागढ जिल्लामा छ । गुफाभित्र अक्सीजनको कमी छ जसका कारण मुटु वा श्वास प्रश्वाससम्बन्धी समस्या भएकालाई भित्र जान दिइँदैन ।

९० मिटर गहिरो यो गुफामा तल जानको लागि ८८ भन्दा बढी सिढी बनाइएका छन् जो भित्ताबाट निरन्तर चुहिने पानीका कारण अत्यन्तै चिप्ला छन् । भित्र जाने बाटो निकै साँघुरो छ । यहाँको बारेमा स्कन्द पुराणमा वर्णन गरिएको छ । स्कन्द पुराणको मानसखण्डमा १०३ अध्यायमा यो गुफाको बारेमा उल्लेख गरिएको छ । पुराणमा लेखिएको छ भगवान शिवले गणेशको शिर यही ठाउँमा काटिदिएका थिए । अयोध्याका राजा ऋतुपर्णा भगवान शिवका भत्तः थिए र यो गुफा उनैले खोजेका हुन् । ऋतुपर्णाको शासनकाल आजभन्दा ६ हजार ७ सय वर्ष पहिले थियो ।

डिसी नेपाल बाट साभार

The post भगवान शिवले यहाँ काटेका थिए भगवान गणेशको टाउको, आज पनि भेटिन्छ प्रमाण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AccOgZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top