Photo of Milford Sound in New Zealand

बम विस्फोटमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई राज्यले २५ लाख रूँपैया राहात स्वरुप उपलब्ध गराउने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका -१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका प्रजिअ श्रेष्ठले बिमा बाफतको १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने १० लाख समेत गरि २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने बताए।

निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएकोमा चौधरी पहिलो सहिद भएको उनले बताए। ‘राज्यको लागि प्राण त्याग गर्ने विनोद पहिलो म्यादी हुन्। राज्यले र प्रहरी संगठनले समेत यथोचित सम्मान गर्नेछ,’ प्रजिअ श्रेष्ठले भने।

उनले प्रहरी र म्यादी प्रहरीबाट स्वेच्छिक रकम शंकलन गरि चौधरीका परिवारलाई थप आर्थिक सहयोग गरिने बताए। साथै विनोदकी १९ बर्षे श्रीमती अञ्जनालाई रोजगारको व्यवस्था गरी डेढ बर्षीया छोरी प्रमिसाको अध्यनको व्यवस्थापन राज्यले गर्ने बताए ।

त्यस्तै राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलिपबहादुर चौधरीले कर्तब्य पालनाका सिलसिलामा मृत्यु भएका विनोदलाई राज्यको नियम अनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए। उक्त अवसरमा ५ नं. प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले किरिया खर्चको लागि व्यक्तिगत रूपमा प्रदान गरेको २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद २५ हजार गरि ५० हजार प्रदान गरेका थिए।

त्यसैगरी श्रद्धाञ्जली दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट २५ हजार रुपैंया किरिया खर्चवाफत चौधरी परिवारलाई उपलब्ध गराउने घोषणा गरे। मेयर पाण्डेले चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने घोषणासमेत गरे।

चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन अञ्चल प्रहरी प्रमुख एसएसपी दिलिपबहादुर चौधरी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंह, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधिरराज शाही लगाएतका उच्च प्रहरी अधिकारी पुगेका थिए।

प्रहरीको गाडीमै राखेर विनोदको शव अन्तिम संस्कारका लागि तुलसीपुरस्थित सितलपुर घाटसम्म पुर्‍याइएको थियो।

एमालेको झन्डा ओडाएर सम्मान

यसैबीच नेकपा एमालेले चौधरीको प्रार्थिव शरीरमा पार्टीको झन्डा ओडाएर सम्मान गरेको छ। त्यहाँ उपस्थित प्रहरी अधिकारीहरुले विनोद आफ्नो संगठनको सदस्य भएकाले पार्टीको झन्डा नओढाउन आग्रह गरे पनि एमाले दाङ अध्यक्ष टिकाराम खड्काले विनोद आफूहरूको समेत सदस्य भन्दै झन्डा ओडाएर सम्मान व्यक्त गर्ने अडान लिएका थिए। प्रहरी अधिकारीले श्रद्धाञ्जली दिए पछि उनलाई पार्टीको झण्डा ओढाइएको थियो।

त्यहाँ पुगेका प्रजिअ तथा प्रहरी अधिकारी भने एमालेले झन्डा ओढाउने भएपछि बाहिरिएका थिए। नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का, एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिराचन्द्र केसी, ३ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता जगप्रशाद शर्मा (अपार), पूर्वमन्त्री तथा एमाले नेता महेश चौधरी, माओवादी केन्द्रका नेता कुवेर वली लगाएतका नेताहरुले संयुक्त रुपमा एमाले झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए।

त्यसपछि शोक मन्तब्य राख्दै एमाले र माओवादी उम्मेदवारले विनोदका परिवालाई धैर्यधारण गर्न आग्रह गर्दै राज्यवाट पाउनुपर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने बाचा गरेका थिए।

क्वाङ्गी गाउँ शोकमा

बिहीबार बिहान ८:५३ बजेको समयमा बम विस्फोटनमा परि मृत्यु भएका विनोद चौधरीको शव तुलसीपुर उपमहानगरपालिका १२ स्थित थारु गाउँमा पुर्याइएको थियो । उपचारका क्रममा बुधवार बिहान साढे २ बजे बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएका विनोदको शव क्वाङ्गी ल्याईपुर्‍याउँदा गाउँ शोकमा थियो।

त्यहाँ उपस्थित स्थानीय सबैका आँखा रसाएका थिए। अर्धचेत अवस्थामा रहेकी विनोदकी १९ बर्षीया पत्नि अञ्जनालाई प्रहरीले उपचारका लागि आफ्नै भ्यानमा राखेर तुलसीपुर ल्याएको थियो।

बुढेसकालको साहारा गुमाएका ६८ वर्षीय बाबु खुसीराम चौधरीले आफ्नो झाँइलो छोरा विनोदको विनोदको मृत्युपछि उनको श्रीमतीलाई रोजगारी र बच्चीलाई पठन पाठनको व्यवस्था हुनुपर्ने माग गरे। विनोदका माइला दाजु ३६ बर्षीय धनवीर चौधरीले आफ्नो भाइ राज्यकै लागि काममा खटिएको समयमा वम आक्रमणमा परि मारिएको हुँदा उस्को सम्मान राज्यले गर्नुपर्ने बताए।

The post ‘बम विस्फोटमा मारिएका म्यादी प्रहरीलाई एमालेको यति ठुलो सम्मान २५ लाख दिने घोषणा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2kdCzXE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top