Photo of Milford Sound in New Zealand

मंसिर १२ – चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चा सुरु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन । उनीहरु दक्षिणी गुएङझीबाट अभिभावक भेट्नका लागि बसको डिक्कीमा लुगेर गुएङदोङ प्रान्त गएका हुन् ।

उनीहरु नोभेम्बर २३ मा हराएको उनीहरुका शिक्षकले बताएका थिए । ती दुई बालक त्यही दिन बस पार्कमा बसको तल भेटिएका हुन् । तस्बिर तथा भिडियोमा दुई बालक हिलोले लत्तपतिएको देखिन्छ । उनीहरु बसको तल्लोभागमा रहेको भागमा बसेर ८० किलोमिटर यात्रा गरेका हुन् । साउथर्न मर्निङ पोस्टका अनुसार दुई बालक ८ वा ९ वर्षका छन् । ती बालकलाई सुरक्षाकर्मीले गाडी जाँचका लागि रोकेका बेला देखेका हुन् । बसको तल बालक देखेपछि बसका कर्मचारी अचम्मित भएका थिए । दुई बालकले आफ्नो बुवाआमालाई निकै सम्झिएको र उनीहरुलाई भेट्नका लागि बसको डिक्कीको सहारा लिएको पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरुको आर्थिक अवस्था कमजोर रहेको पनि जनाइएको छ । ती बालकलाई नोभेम्बर २३ कै दिन आफन्तको जिम्ममा लगाइएको थियो । तर त्यसपछि उनीहरुको तस्बिर सामाजिक सञ्जालमा सेयर भएको छ र यसले बालबालिकाको सुरक्षाको विषयलाई लिएर चर्चा सुरु भएको छ ।

The post बुवाआमा भेट्न दुई बालकले गरे बसको तल बसेर ८० किलोमिटर यात्रा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zKprjZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top