Photo of Milford Sound in New Zealand

बैतडी, मंसिर १० – ‘अहिलेसम्म बाँचे, भोट हाल्न पाएँ निकै खुसी छु । म त भाग्यमानी हो ।’ छोराको पिठ्युँमा बोकिएर भोट हाल्न जानुभएकी १ सय १४ वर्षकी वृद्धा पशुपति साउदले भोट खसालेपछि बताउनुभयो ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर –८, काठ्माणाकी १ सय १४ वर्षीया पशुपति साउदले आज सुर्नया गाउँपालिकाको ढोल्या मतदान केन्द्रबाट भोट हाल्नु भयो । उहाँ हिँड्न सक्नुहुन्न तर बोल्न सक्नुहुन्छ ।

चिसोको समयमा उहाँका कान्छा छोरा प्रताप साउदले उहाँलाइ पिठ्युँमा बोकेर मतदान केन्द्रमा पुर्‍याउनुभयो । चिसोका कारण मतदान केन्द्रमा पुर्‍याउँदा उहाँले बोल्न सक्नुभएको थिएन । तर पछि छोराको सहयोगमा उहाँले भोट हाल्नुभयो । एकै वर्षमा स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा आफूले भोट हाल्न पाउदा उहाँ निकै नै खुसी देखिनुहुन्थ्यो ।
साउदका चारवटा छोरा छन् । चार वटा छोराबाट अहिले उहाँको परिवार २७ जनाको छ । उहाँका जेठा छोरा हरि साउद नै ७२ वर्षको हुनुभएको छ । उहाँका कान्छा छोरा पनि ५२ वर्षको हुनुहुन्छ ।

आफूले पञ्चायत कालदेखि अहिलेसम्मका धेरै चुनावमा भोट हालिसकेकाले अब पनि नेताहरुले पहिलेको जस्तै कुरा मात्रै नगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘म बुढीको आशिर्वाद लागोस् । नेताहरुलाइ म मरे पनि देश र गाउँठाउँको लागि राम्रो काम गरुन्’ भन्दै उहाँले भोट हालेको स्थानीयबासिन्दा जनक साउदले बताउनुभयो ।

आफ्ना विगतका दिन सम्झँदै उहाँले आफूहरुले गाउँमा दुख्खसुख गरेर यहाँसम्म आइपुगेको बताउँदै अबका पुस्ताले आफ्नोजस्तो दुःख कहिल्यै भोग्न नपरोस् भन्नुभएको थियो ।

आफ्नो पुस्ताले महिनावारी हुँदा, गर्भवती हुँदा निकै नै सास्ती खेप्नु परेको बताउँदै ११४ वर्षीया पशुपति साउदले बताउनुभयो । अब नेताहरुले महिलाको जीवनस्तर उकास्ने काममा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । उहाँले निर्वाचित भएर जाने नेताहरुले कुरा भन्दा पनि गाउँठाउँमा देखिने खालका काम गरेर स्थानीय नागरिकको मन जित्नु पर्ने बताउनुभयो ।

The post बोकिएर भोट हाल्न गएकी ११४ वर्षीया वृद्धाले भनिन् : यी नेतालाई म बुढीको आशीर्वाद लागोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hT7RPb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top