Photo of Milford Sound in New Zealand

कालिकोटको मालकोटमा दिउसै अज्ञात समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।

आइतबार बिहान मतदान सुरु भएको केही समयपछि ९ बजेतिएर गाउँतिरबाट सल्लारुख मतदान केन्द्रलाई लक्षित गरी अत्याधुनिक हतियार एसएलआरबाट गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हाे ।

प्रहरीले जवाफी फायरिङ गरेपछि अज्ञात समुहले थप गोली चलाउँदा केही बेर दोहोरो भिडन्त भएको थियो । प्रहरीले २५ राउण्ड गोली चलाएको छ भने गाउँतिरबाट अत्याधुनिक हतियारद्वारा ४० राउण्ड गोली हानिएको छ ।

शनिबार दिउँसो मतदान केन्द्रका लागि निर्वाचन सामाग्री लिएर गएको कर्मचारी र सुरक्षाकर्मीको टोलीलाई सेनाको हेलिकप्टरबाट हवाई गस्ती गरेर मालकोट पठाइएको थियो । मालकोटमा शनिबार राती पनि दोहोरो गोली हानाहान भएर रातभर स्थिति तनाबग्रस्त बनेको थियो।

सल्लारुख मतदान केन्द्रमा सुन्य मतदान भएको छ । एउटा मतदान केन्द्रमा सुन्य मत र अर्कोमा न्युन मतदान भएपछि मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मीहरु आइतबार दिउसो ३ बजे नै सदरमुकाम फर्किएका छन्।

अघिल्लो पटक स्थानीय तह निर्वाचनमा पनि सल्लारुख मतदान केन्द्रमा सुन्य मतदाङ भएको थियो । मालकोटकै उत्सव मतदान केन्द्रबाट भने जम्मा १ सय ५० मत खसेको छ ।

उक्त क्षेत्रको रुप्सा, कुमालगाउँ, कोडबाडा र रकुका विभन्न मतदान केन्द्रमा पनि न्यून मत खसेको इमान्दार मिडिया सहकर्मी सजनी बमले बताएकी छन्।

त्यस्तै जिल्लाकै नरहरिनाथ गाँउपालिकाको वडा न. ६ माल्कोटस्थित नै नन्दादेवि मावि सेरापाटामा तीनवजे सिलबन्दि गरिएकाे छ । नौ सय मतदातामा रहेकाे उक्त स्थानमा जम्मा १ सय १२ जनाले मात्र मतदान गरेको छन् ।

शनिबार नै कालिकोटका विभिन्न अन्य मतदान केन्द्रमा बम बिष्फाेट र आक्रमणका घटना घटिसकेका थिए । शनिबार राति कालिकोटको मुम्रास्थित क्यूरी मतदान केन्द्रमा भिडन्त भएको थियो ।

राती ९ बजे देखी १२ बजेसम्म भएको भिडन्तपछि स्थानीयले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरेर बुथ खाली गरेपछि त्यहाँको अवस्था साम्य भएको थियो ।

त्यस्तै शनिबार राति नै सान्नित्रिबेणी गाउँपालिकाको मेहलमुडीमा पनि दोहोर भिडन्त भएको थियो । उक्त दोहोरो भिडन्तमा परी २ प्रहरी र २ जना स्थानीय गरी ४ जना घाइते भएका छन् ।

यस्तै शनिबार दिउसो कालिकोटकै पलाता गाउँपालिकाको डाँफे मतदान केन्द्रका लागि गएको कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेपछि नेपाली सेनाको हेलिकप्टरले हवाई फायरिङ समेत गरेको थियो । उक्त ठाँउमा प्रहरीले रातभर फायरिङ गरेकाे स्थानीयले बताएका छन् ।

त्यसपछि उक्त क्षेत्रमा ३ वटा हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी र कर्मचारी उतारेको थियो भने भागेका कर्मचारी र प्रहरीलाई शनिबार हेलिकप्टरमार्फत नै सदरमुकाम फिर्ता लगिएको थियो । imandarmedia

तस्विर: गुगलबाट

The post BREAKING: मालकोटमा दिउसै भिडन्त, अत्याधुनिक हतियारद्वारा प्रहरीमाथी हमला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zopnlB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top