Photo of Milford Sound in New Zealand

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १४ गते विहिबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ नोभेम्बर ३० तारिक शुक्लपक्ष द्वादशी तिथि भोलिपल्ट विहान ३ वजेर ४६ मिनेटसम्म, रेवती नक्षत्र अपरान्ह १ वजेर ७ मिनेटसम्म,व्याघातयोग,बवकरण,आनन्दादियोग मित्र,सूर्य वृश्चिक राशीमा, चन्द्रमा अपरान्ह १ वजेर ७ मिनेटसम्म मीन उप्रान्त मेष राशीमा । सूर्योदयबाट प्रात ७÷५५ वजेसम्म शुभ वेला,७÷५५ वजेदेखि ९÷१३ वजेसम्म रोग वेला,९÷१३ देखि १०÷३२ वजेसम्म उद्वेग वेला, १०÷३२ देखि ११÷५० वजेसम्म चर वेला, ११÷५० देखि १÷८ वजेसम्म लाभ वेला,१÷८ देखि २÷२७ वजेसम्म अमृत वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म काल र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेषः– अनुकुलता बढ्दै जानेछ भने प्रतिकुलता घट्दै जानेछ । काम सफल गर्न मेहनत गर्नु पर्ला । मध्यान्ह पछि समयले बढि साथ दिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

वृषः– व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक अनुकुलता बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भौतिक सुख शान्ति मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । मध्यान्ह पछि खर्र्च बढ्नेछ ।

मिथुनः– काम काजमा सफलता मिल्नेछ । गरेका कामबाट अरु प्रभावित हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । इष्टमित्र साथि भाईबाट सहयोग पाईनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ ।

कर्कटः– समयको गति सगै सुधार आउनेछ । भाग्यले साथ दिनेछ । रोकिएका कामले गति लिनेछ । धार्मिक काममा रुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

सिंहः– झुट्टा कुराले सताउनेछ । समस्या नै समस्याको भुमरीमा परिने छ । काम गर्न मन लाग्ने छैन । समयले त्यति साथ दिने छैन । मन दुख्ने छ तन सुक्ने छ । असहयोगी अगाडि आउने छन् ।

कन्याः– समय प्रतिकुल बन्दै छ । काममा विलम्ब नगर्नु होला । आज भने नसोचेका काममा सफलता मिल्ने छ । नयाँ कार्य योजना अगाडि बढाउन सकिने छ । आफन्तहरु थोरै सकरात्मक हुने छन् ।

तुलाः– सोचाईमा परिवर्तन आउनेछ । सामान्य खटाईबाट काम सम्पन्न हुने छन,मेहनत पूर्वक गरेका कामबाट बढि भन्दा बढि लाभान्वित हुनुहुनेछ । आम्दानी बढ्नेछ । विरोधीको बल कमजोर हुनेछ ।

वृश्चिकः– समयमा निर्णय लिएर अगाडि बढ्नु होला । परिवारको सहयोग लिएर काम गर्नु होला । आवेगमा आएर काम नगर्नु होला । व्यापारबाट सामान्य लाभ हुनेछ । उद्योग धन्दा तिर मन आकर्षित हुनेछ ।
धनु

धनुः– आफुले सोचे जस्तो कहि कतै हुने छैन । काम गर्दा विभिन्न हैरानी हुने छ । पढाई लेखाई तथा व्यापारबाट सन्तुष्टि लिन पाईने छैन । सुख सयलमा मन जानेछ । काम गरेर हात धुनुपर्नेछ ।

मकरः– कार्य क्षमता विस्तारै घट्ने छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । काममा विलम्ब गर्दा आफैलाई घाट हुनेछ । भाई बन्धुबाट सहयोग पाईनेछ । आर्थोपार्जन हुनेछ ।

कुम्भः– दिन सामान्य देखिन्छ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु आवस्यक छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छ । अरुको पूर्ण भरोसामा काम नगर्नु होला । मध्यान्ह पछि समयले बढि साथ दिनेछ ।

मिनः– दिन सामान्य अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । धन लगानी गर्दा विशेष चनाखो रहनु होला । स्वास्थ्य स्थिति अनुकुल रहने छ । पढाई लेखाईमा ध्यति ध्यान जाने छैन ।

The post आजको राशिफल : २०७४ साल मंसिर १४ गते विहिबार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AnPwER
via IFTTT

0 comments:

Post a Comment

add

 
Top