Photo of Milford Sound in New Zealand

दिपेश पौडेल

१५ मंसिर, रौटहट । मधेसकेन्द्रित दल राजपाका कार्यकर्ताले रातको समयमा प्रहरीलाई घेरा हालेर आक्रमण गरेका छन् । रौतहटको गरुडामा गएराति राजपा कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्दा १५ जना प्रहरी गम्भीर घाइते भएका छन् । राजपा कार्यकर्ताले प्रहरीको संवेदनशील अङ्ग टाउको र छातीमा हानेका थिए । आक्रमणमा परी अधिकांश प्रहरीको टाउको र छातीमा गम्भीर चोट लागेको गरुडा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए । एक जना प्रहरीको हातको हड्डी भाँचिएको उनले बताए । घाइते प्रहरीको उपचार गरुडा, चन्द्रनिगाहपुर र गौरका अस्पतालहरुमा भैरहेको छ ।

मधेसी जनताको भोट बटुल्ने उद्देश्यले राजपाले प्रहरी प्रशासनको वदनाम गर्ने भिडियो बनाएर विभिन्न स्थानमा देखाउँदै आएको छ । प्रहरीले मधेसी जनतामाथि दुव्र्यवहार गरेको भिडियो बनाएर विहीबार राजपा कार्यकर्ताले गरुडामा प्रदर्शन गर्न लागेका थिए । मधेस आन्दोलनका नाउँमा मधेसकेन्द्रित दलहरुले गरेको नाकाबन्दीको समयको भिडियो बनाएर राजपाले २ नं प्रदेशमा देखाउँदै आएको छ । मधेसी दलले गरेको ज्यादति भने भिडियोमा समावेश छैन । नाकाबन्दीका समयमा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथिको आक्रमण र हत्याबारेका घटना लुकाएर केवल प्रहरी प्रशासनले दमन गरेका दृश्यहरु राखेर राजपाले भिडियो बनाएको छ । सोही भिडियो प्रदर्शन गर्नबाट रोक्न गएको प्रहरीमाथि राजपा कार्यकर्ताले घेरा हालेर आक्रमण गरेका थिए ।

प्रहरीलाई घेरा हालेर आक्रमण गरेपछि प्रहरीको थप बल गरुडामा पठाएर स्थिति नियन्त्रणमा लिइएको थियो ।स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर गर्नुका साथै दजनौं अश्रुग्याँस प्रयोग गरेको थियो ।

अहिले गरुडाको अवस्था सामान्य रहेको छ । आक्रमणकारीतर्फ राजपाका ३ कार्यकर्ता घाइते भएका छन् ।

The post रातको समयमा घेरा हालेर प्रहरीमाथि आक्रमण, १५ प्रहरीको अवस्था गम्भीर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iwoK6q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top