Photo of Milford Sound in New Zealand

भारतमा दाइजोको निहुँमा महिलाहरुमाथि हुने गरेको हिंसा तथा अत्याचार सायद दुनियामा सबैभन्दा भयानक छन् । पछिल्लोपटक फेरि अर्को दर्दनाक घटना सार्वजनिक भएको छ । दाइजो नल्याएको निहुँमा एक महिलालाई उनका लोग्ने तथा घरपरिवारले पोर्न फिल्म निर्मातालाई बेचिदिएका छन् ।

घटना भारतको हरियाणाको हो । ती महिलाको बिहे भएको अझै डेढ महिना पनि भएको छैन । बिहेमा उनका बुवाआमाले खासै दाइजो दिन सकेनन् । दाइजो नपाएपछि लोग्ने बेखुस भए र अन्ततः उनलाई पोर्न फिल्म बनाउने मानिसलाई बेचेका छन् । ती महिला बल्लतल्ल आफुलाई पोर्न फिल्म निर्माताको चंगुलमा पर्नबाट बचाएर भाग्दै आफ्नो माइती बिहार आएर शरण लिएकी छिन् ।

बिहारको शारण जिल्लाको तरैया माइती भएकी ती पीडित महिलाले आफ्नो लोग्ने तथा घरका सबै परिवार विरुद्ध मुद्धा हालेकी छिन् । उनका अनुसार दाइजो नल्याएको भन्दै उनलाई लोग्ने तथा सासु ससुराले बिहेको केही दिनपछि नै दुख दिन सुरु गरेका र अन्तिममा पोर्न फिल्म बनाउनेलाई बेचिदिएका बताइन् ।

लोग्नेपक्षले दाइजोको रुपमा २ लाख रुपैयाँ तथा एउटा बाइक मागेको तर ती महिलाका बाबुले दिन नसकेपछि सम्बन्ध बिगि्रएको थियो । पीडित महिलाका अनुसार उनका लोग्नेले आफ्नै बहिनीको सहयोगमा उनलाई पोर्न फिल्म बनाउनेलाई बेचेका थिए ।

उनलाई ७ लाख भारुमा बेचिएको थियो । आफुलाई दामकाम गरेर बेचिएको र भोलि बिहान किन्ने मान्छे आउने सुइँको पाएपछि उनी रातारात घरबाट भागेर आफ्नो माइती बिहार पुगेकी हुन् ।

The post श्रीमतीले दाइजो नल्याएको निहुँमा पोर्न फिल्म निर्मातालाई ७ लाखमा बेचियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i9vvuS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top