Photo of Milford Sound in New Zealand

ललितपुर । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादब बस्दै आएको ललितपुर बागडोलस्थित घर खाली गर्न घरधनीले सार्वजनिक सूचना प्रकाशित गरेका छन् । राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण नगरेको जनाउँदै घरधनी रविभक्त विष्टले घर खाली गर्न आजको पत्रिकामा सूचना प्रकाशित गरेका हुन् । सूचनामा ललितपुर महानगरपालिका चार बागडोलस्थित पूर्व राष्ट्रपति यादव बस्दै आएको घरको घरबहाल सम्झौता नवीकरण नगरेकाले पन्ध्र दिनभित्र घर खाली गराउन भनिएको छ ।

घरधनीले सूचनामा पन्ध्र दिनभित्र हालसम्मको बहाल र बिजुली महसुल भुक्तानी गरी घर खाली नगरे कानुनी कारबाहीतिर अघि बढ्ने पनि बताएका छन् । सुचनामा उल्लेख भए अनुसार गत साउन १ गतेदेखि राष्ट्रपति कार्यालय र पूर्व राष्ट्रपतिले आफ्नो घरको घरबहाल सम्झौता नवीकरण गरेको छैन । घरवहाल र विजुली महशुल समेत नतिरी आफ्नो घरमा पूर्व राष्ट्रपतिलाई राखिएको दावि पनि विष्टले सूचनामा गरेका छन् । घरधनी विष्टले सूचनामा राष्ट्रपति कार्यालय र पूर्वराष्ट्रपतिलाई पटक–पटक लिखित सूचना दिए पनि घरवहाल तिर्ने विषयमा सुनवाई नभएको गुनासो समेत गरेका छन् ।

पूर्व राष्ट्रपति डाक्टर यादव सरकारले ब्यवस्था गरिदिएको विष्टको घरमा दुई हजार बहत्तर कार्तिकदेखि बस्दै आएका छन् । तर घरवहाल र विजुलीको विल लगायतका विषयमा बारम्बार विवाद हुँदै आएपछि सरकारले त्यसको सम्वोधन नगरेको पूर्व राष्ट्रपतिले बताउदै आएका छन् ।

The post पूर्वराष्ट्रपति यादव बस्दै आएको घर खाली गर्न घरधनीद्वारा सार्वजनिक सूचना प्रकाशित, पन्ध्र दिनभित्र खाली नगरे कानूनी कानूनी कारवाहीमा अघि बढने appeared first on Taja nepali news.

http://ift.tt/2hJgSLh

from SHYANE http://ift.tt/2yyRNgg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top