Photo of Milford Sound in New Zealand

काठमाडौँ । चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जितसँगै नेपालको राजनीतिमा कम्तीमा ५ बर्षका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीक (हलो चिन्ह) पनि हराएको छ ।

पञ्चायतपछि हलो चिन्ह लिएर संगठित भएका पञ्चहरुको पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोकबाट, महामन्त्री सुनिल थापा धनकुटाबाट र उपाध्यक्ष बिक्रम पाण्डे चितवनबाट र संसदीय दलका नेता दिपक बोहरा रुपन्देहीबाट हारेपछि समानुपातिकमा कुल खसेको मतको ३ प्रतिशत पाए पनि हलो राष्ट्रिय पार्टी रहने छैन ।

हलोलाई प्रतिनिधित्व गरेर जाने समानुपातिकका सभासद पनि स्वतन्त्र मात्र हुनेछन् हुम्लाबाट जितेका छक्क बहादुर लामा जस्तै । अहिलेको चुनावसम्म राप्रपाका दुई गुटमध्ये पशुपति शमसेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) गोलाकार भित्रको हलो र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (प्रजातान्त्रिक) आयतकार भित्रको हलो चुनाव चिन्ह प्रयोग गर्दै आएका थिए । तर, दुबै राप्रपाले प्रत्यक्षमा एक सिट पनि जित्न सकेनन् ।

प्रत्यक्षमा एक सीट जितेर देशभर खसको मतको ३ प्रतिशत ल्याउन नसक्ने पार्टी राष्ट्रिय पार्टीमा दर्ता नहुने भएकाले हलोको अस्तित्व सकिएको छ ।

पार्टीबाट जिते पनि स्वतन्त्र हुने सांसदहरु

प्रत्यक्षमा जित्न नसकेका कारण हलो हराएसँगै अरु केही पुराना पार्टीका सांसद पाटीबाट जिते पनि स्वतन्त्र सांसद हुने संभावना पनि उत्तिकै छ । त्यसमा सबैभन्दा पुरानो राजनीतिक पार्टी नेमकिपा, राष्ट्रिय जनमोर्चा र पोहोर गठित नयाँ शक्ति पार्टीका सांसद पनि स्वतन्त्र हुने संभावना छ ।

१. नेमकिपा

भक्तपुर एक जिल्लामा मात्रै राजनीति गरेको पार्टी भनेर आलोचना हुने गरेको नेपाल मजदुर किसान पार्टीको मादल पनि यो चुनावबाट राष्ट्रिय दल हुनबाट बञ्चित हुनसक्छ ।

भक्तपुर प्रतिनिधिसभा १ र प्रदेशसभा १ को ‘क’ मा विजयी भए पनि नेमकिपाले राष्ट्रिय दल हुन कुल खसेको मतको ३ प्रतिशत पुर्याउनु पर्छ । राष्ट्रिय दल बन्नका लागि चाहिने ३ प्रतिशत समानुपातिक मत ल्याउन सक्ने सम्भावना कम छ ।
त्यसैले नेकमिपाबाट चुनाव जिते पनि पार्टीका सांसदले भक्तपुरका प्रतिनिधिसभा सदस्य संसदमा स्वतन्त्र हैसियतको रुपमा रहन सक्ने संभावना छ ।

२. राष्ट्रिय जनमोर्चा

प्युठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एकमात्र जनमोर्चा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । बाग्लुङ र प्युठानमा प्रभाव रहेको जनमोर्चाले प्युठानमा माओवादी र एमालेको समर्थन लिएर जिते पनि राष्ट्रिय दल हुनका लागि चाहिने समानुपातिक ३ प्रतिशत मत ल्याउन गार्हो देखिएको छ ।

जनमोर्चाले प्रदेशसभा सदस्यमा दुई सिट जितेको छ । ०६४ र ०७० सालको संविधानसभा चुनावमा पनि जनमोर्चाले तीन प्रतिशत मत समानुपातिकमा ल्याउन सकेको थिएन । त्यसकारण यो चुनावमा पनि राजपाको तीन प्रतिशत मत नआउने देखिन्छ । जसकारण जनमोर्चा राष्ट्रिय दल हुनबाट बञ्चित हुनेछ ।

३. नयाँ शक्ति पार्टी नेपाल

पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपाल पनि राष्ट्रिय दल बन्नबाट बञ्चित हुने देखिएको छ । आँखा चुनाव चिन्ह लिएर चुनावमा होमिएको नयाँ शक्तिका संयोजक बावुराम भट्टराई गोरखाबाट निर्वाचित हुनुभएको छ ।

यो पार्टीले प्रदेशसभामा पनि गोरखा र रसुवाबाट एक – एक सिट जितेका छ । तर राष्ट्रिय दल हुनका लागि समानुपातिकमा चाहिने ३ प्रतिशत मत ल्याउँन नयाँ शक्तिलाई गार्हो हुने अनुमान गरिएको छ । अबको संसदमा ६ दल मात्र सानातिना र भुरे टाकुरे दलले राष्ट्रिय दल हुन पर्याप्त मत र सभासद पुर्याउन नसकेपछि अबको संसदमा राष्ट्रिय पार्टीको प्रतिनिधित्व गर्ने दल ६ वटा मात्र हुनेछन् ।

त्यसमा सबैभन्दा ठूलो दल नेकपा एमाले हुनेछ भने सबैभन्दा सानो दल गाई चिन्हको हलो हुनेछ । पहिलेको चुनावमा समानुपातिकमा पर्याप्त मत पाएको गाईले यो पालि पनि ३ प्रतिशत मत पुर्याउने अनुमान छ । राप्रपाबाट गाई चुनाव चिन्ह लिएर झापा ५ बाट राजेन्द्र लिंगदेनले जितेकाले मात्र कमल थापा नेतृत्वको राप्रपाका लागि राष्ट्रिय पार्टी बन्ने बाटो खुलेको हो ।

अबका मुख्य दलहरु

१. एमाले
अबको संसदमा नेकपा एमाले नेपालको सबैभन्दा ठूलो राजनैतिक दल हुनेछ । चुनावको मतगणना चलिरहँदा प्रत्यक्ष तर्फको सिटमा स्पष्ट बहुमत पुग्ने गरी जितिरहेको एमालेले समानुपातिकमा पनि सबैभन्दा धेरै मत ल्याउने अनुमान छ ।

२. माओवादी केन्द्र
वाम गठबन्धनको अर्को घटक माओवादी केन्द्र नेपालको दोस्रो ठूलो राजनैतिक दल हुनसक्छ, तर समानुपातिकमा नेपाली कांग्रेसले धेरै भोट ल्यायो भने माओवादी तेस्रो दल पनि हुन सक्छ ।

३. नेपाली कांग्रेस
अहिलेको संसदमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस अबको संसदमा तेस्रो दल हुने त पक्का छ, तर दोस्रो ठूलो दल हुने संभावना पनि खुलै छ ।

वाम गठबन्धनका कारण आफ्नो प्रभाव क्षेत्रमा कांग्रसका उम्मेदवारहरुले ठूलो मतान्तरले हारे पनि ती क्षेत्रमा नेपाली कांग्रेसले समानुपातिकमा नेकपा एमालेकै हाराहरीमा वा त्यो भन्दा बढी भोट ल्याएको स्पष्ट छ ।

४. राष्ट्रिय जनता पार्टी
तराई केन्द्रित विभिन्न घटक दल एकिकरण भएर बनेको राष्ट्रिय जनता पार्टी प्रदेश नंवर २ मा पहिलो पार्टी भएसँगै संघीय संसदमा चौथो राजनैतिक दलको रुपमा उदाउनेछ ।

प्रतिनिधिसभामा उल्लेख्य सीट जितेको राजपाले समानुपातिकमा पनि उल्लेख्य मत पाएको अनुमान गर्न सकिन्छ ।

५. संघीय समाजवादी पार्टी
उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टी २ नम्बर प्रदेशमा दोस्रो पार्टी भैसकेको छ । यो पार्टीले देशब्यापी रुपमै समानुपातिक भोट पाएकाले अबको संसदमा यस पार्टीको स्थान राजपा अगाडि हुन सक्छ ।

६.राप्रपा
कमल थापा नेतृत्वको राप्रपा पनि राष्ट्रिय दल बन्ने पक्का छ । झापाबाट कृष्णप्रसाद सिटौलाको हारले उसलाई राष्ट्रिय पार्टी बनाएको हो ।

राजेन्द्र लिङदेन एक्लैले प्रत्यक्षमा जितेपछि राप्रपालाई राष्ट्रिय दल बन्ने बाटो खुलेको हो । दोस्रो संविधानसभा चुनावमा समानुपातिकमा धेरै मत ल्याएको गाई चुनाव चिन्हमा यो पालि पनि उल्लेख्य मत खसेको छ ।

The post अबको संसदमा यि ६ दल मात्र हुनेछ्न हेर्नुहोस कुन कुन दल हुन …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ag3dSQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top