Photo of Milford Sound in New Zealand

एजेन्सी। ज्योतिष शास्त्रमा सूर्यलाई निकै शक्तिशाली ग्रह मानिने गरिन्छ । सूर्यलाई यश र सम्मानको प्रतीकको रुपमा मानिनुको साथै ग्रहहरुमा सर्वश्रेष्ठ ग्रहको रुपमा मानिने गरिन्छ। त्यसैले जब सुर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने गर्दछ तब यसको बिशेष प्रभाव पर्ने गर्दछ ।

आउदो १६ डिसेम्बर २०१७ अर्थात् पौष १ गते सूर्य वृश्चिक राशिबाट निस्किएर धनु राशिमा प्रवेश गर्न भएको छ । सुर्य ग्रह धनु राशिमा १४ जनवरीसम्म अर्थात् पौष ३० गतेसम्म रहनेछ । सुर्यको राशि परिवर्तन केहि राशिहरुलाई भने शुभ रहनेछ भने केहि राशिको लागि अशुभ पनि हुन सक्नेछ।

मेष: यस राशि भएको मानिसहरुको लागि यो परिवर्तनले सकारात्मक प्रभाव ल्याउनेछ । कामकाजमा प्रमोसन मिल्न सक्ने सम्भावना बढेर जानेछ । व्यापारमा राम्रो लाभ मिल्ने संकेत रहेको छ । स्वास्थ्यको बिषयमा सचेत रहन आवश्कता रहेको छ । आत्मविश्वास र मेल मिलाप बढ्नेछ ।

वृष: सूर्यको राशि परिवर्तनले यस राशि भएका मानिसहरुको भाग्यमा आश्चर्यजनक परिवर्तन देख्न सकिनेछ । यस राशिका मानिसहरुले जुन काममा हात राख्नेछन् त्यो काम अवश्य पुरा गर्नेछन् । विरोधीहरुलाई काबू गर्न सफल भईनेछ । समाजमा मान-सम्मान बढ्नेछ ।

मिथुन: यो समयमा राम्रो र शुभ समाचार सुन्ने अवसर मिल्नेछ । अतिरिक्त धन लाभको संकेत रहेको छ । जीवनसाथीको साथ मिल्नेछ तर यस परिवर्तनमा महत्वपूर्ण निर्णय लिने बेलामा समस्याको सामना गर्नु पर्ने हुनसक्छ ।

कर्कट: यस राशि भएका व्यक्तिको लागि सुर्यको राशि परिवर्तनले सकारात्मक प्रभाव ल्याउनेछ । काममा प्रमोशन मिल्न सक्ने सम्भावना रहेको छ र धन लाभ हुने योग बन्ने देखिन्छ । परिवारमा र प्रेम सम्बन्धमा पनि सुधार आउनुको साथै आत्मविश्वास बढ्ने छ ।

The post शक्तिशाली ग्रह सुर्यले राशि परिवर्तन गर्दै, यी ४ राशि हुनेहरुलाई हुनेछ यस्तो फाईदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iTv9VP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top