Photo of Milford Sound in New Zealand

नेपाली रजतपटकी चर्चित नायिका रेखा थापा बैवाहिक बन्धनमा बाधिएकाे खबर र फाेटाे सामाजिक सञ्जालमा एकाएक चर्चा हुने पुग्याे ।

कतिसम्म भने याे माथिकाे फाेटाे पुरै भाइरल नै बनेकाे छ ।

केही समय अगाडि सम्म विवाह कहिले गर्ने भन्ने मिडियासंगको प्रश्नमा अब बल्ल विवाह गर्ने उमेर भएको भन्दै आएकी रेखाले अचानक विवाह गरिन् भन्दा धेरै रनभुल्लमा परेका थिए ।

उनका प्रशंसकहरु पनि रनभुल्ल मै परे जब रेखाले आफू बेहुली भएको फोटो पोस्ट गरिन् ।

रियल लाईफमा निर्माता छवि ओझासंग विवाह गरेकी रेखा डिर्भाेस पछि अहिले एक्लै बसेकी रेखाको विवाह वास्तवमा रिल लाईफमा भएको हो ।

उनले सामाजिक संजाल फेसबुकमा आफु बेहुली भएको फोटो पोस्ट गर्दै हिरो रिटन्स् भनेर क्याप्सन लेखेकी छिन् ।

अर्थात रेखाले सविर श्रेष्ठको चलचित्र हिरो रिटन्स्मा विवाह गरेकी हनु । उनले पोस्ट गरेको विवाहको फोटोमा भने नायक दिल श्रेष्ठ बेहुला बनेका छन् ।

आशिष भेटवालको निर्देशन रहेको यस चलचित्रमा नायक सविन श्रेष्ठ ,रेखा र दिलको मुख्य भुमिका रहेको छ ।

पोस्टर र टाईटल गीत सार्वजनिक गरिएको चलचित्रको अहिले सम्पादनको काम भईरहेको छ । चलचित्र हिरो रिटन्स्को प्रदर्शन मिति नयाँ वर्ष वि.स २०७४ साल बैशाखमा रिलिज गरिने जनाएको छ ।

The post रेखा थापा वैबाहिक बन्धनमा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2El1DRs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top