Photo of Milford Sound in New Zealand

काठमाडौँ – कुनै समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरुलाई शारिरिक सन्तुलनमा ध्यान नदिईएको, चलचित्रको कथा अनुसार आफुलाई नढालेको आरोपहरु लाग्ने गरेका थिए । यद्धपी ती आरोपहरु अझै पनि लाग्ने गर्छन नै तर यतिबेला नेपाली कलाकारहरु पनि आफनो फिटनेसका लागि भने मेहनत गर्न थालेका छन् ।

चलचित्रमा भएको पात्रअनुसार रियालिस्टीक दिनलाई आफुलाई सोही पात्रमा ढाल्नको लागि मेहनत पनि गर्न थालेका छन् । यसैबीच प्रेम गीत र म यस्तो गीत गाउँछुको सफलतापछि चर्चामा रहेकी नायिका पुजा शर्मा पनि आफनो फिटनेसको लागि निकै मेहनत गरिरहेकीछिन् । उनले आफनो नयाँ प्रोजेक्टको तयारीका लागि जिम धाउँन थालेकीछिन् ।

उनले जिममा कसरत गरिरहेको केही तस्बिरहरु फेसबुकमा पोस्ट गरेकीछिन् । यसैबाट थाहा हुन्छ की पुजा आफनो नयाँ प्रोजेक्टको लागि कति दत्तचित्त छिन् । बुझिए अनुसार पुजा र निर्देशक सुर्दशन थापा नयाँ प्रोजेक्टको तयारीमा जुटिसकेका छन् ।

केही समय अगाडी पुजा र सुर्दशनको दिएको अन्तरवार्ता अनुसार यस पटकको प्रोजेक्टमा पल शाह नायक हुने छैनन् । यस पटकको प्रोजेक्टका लागि नयाँ नायकको खोजी जारी रहेको बताईएको छ । यतिसम्म की म यस्तो गीत गाउँछुको सिक्वेलको कामलाई समेत यी दुईले थाती राखेका छन् ।

The post पुजा शर्माको यस्तो खतरनाक तयारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cw4SVE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top