Photo of Milford Sound in New Zealand

एक व्यक्तिले आफ्नी श्रीमतीसँग मिलेर ४२ वटा बस किनेर जमिनमुनि गाडेको खबरले अहिले सनसनी मच्चाइरहेको छ । ती व्यक्तिले आफ्नो घर पछाडिको जमिनमा वर्षौंपहिले ४२ वटा बस गाडेका थिए । उनको यो कामले छिमेकीहरू तीनछक्क परेका थिए तर त्यसको वास्तविकता अगाडि आएपछि मानिसले उनको तारिफ गर्न थाले ।

खासमा यी व्यक्तिले श्रीमतीसँग मिलेर गाडिएका बसभित्र एक सुरुङ बनाए । जमीनभित्रको सुरुङले आणविक आक्रमणलाई सहनसक्छ । ब्रुस बीच नामक यी व्यक्तिले भविष्यमा आणविक आक्रमण हुनसक्छ भनी यो सुरुङ बनाएका हुन् । अमेरिका र उत्तर कोरियाबीचको तनावले आणविक आक्रमणको जोखिम बढाएको छ । सन् १९८० देखि नै उनले जमिनमुनि लुक्न र बस्नका लागि सुरुङ निर्माण शुरु गरेका हुन् ।

ब्रुसले घरपछाडि माटोमुनि १० हजार स्क्वेयर फिट चौडा सुरुङ बनाएका हुन् । बयालीसवटा स्कूल बसको सहायताले बनेको यो सुरुङभित्र बस्ने मानिस आणविक आक्रमणबाट सुरक्षित रहन्छ । यसलाई बनाउन ब्रुसकी श्रीमती जीनले पनि सहयोग गरेकी थिइन् । सुरुङको नाम आर्क टु राखिएको थियो ।

ब्रुसले १३ लाख रुपैयाँमा ४२ वटा बस किनेर घरपछाडि गाड्न थालेका थिए । सुरुङमा संसारका सबै सुविधा उपलब्ध छन् । एकचोटिमा ३५० मानिस मज्जाले बस्न सक्छन् । त्यति मान्छेका लागि खाना पनि त्यहाँ राखिएको छ । आणविक युद्ध भइहालेमा ब्रुसको जस्तो सुरुङ संसारलाई आवश्यक हुन्छ ।

The post यी व्यक्तिले जमिनमा गाडे ४२ वटा बस, निकै आश्चर्यलाग्दो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mk4DqR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top