Photo of Milford Sound in New Zealand

जापान । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।

घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका-६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन।

घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो। दुई वर्षअघि रोजगारीका लागि जापान आएका सापकोटा र घाइते दुवैजना कुक भिसामा थिए। सापकोटा खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए। घाइते भने सापकोटाको नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ।

टोकियोबाट दक्षिणपश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी शहरस्थित राइमारु नगरको चुस्यो सडकमा तीव्र गतिमा गुडेकोे नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो।

दुईजनाले एउटा साइकल प्रयोग गर्न नपाइने जापानको नियमअनुसार सापकोटाले साइकल डोर्याएर कामबाट कोमाचुस्थित घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावाको प्रान्तीय प्रहरीले जानकारी गराएको छ। दुर्घटनालगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत्यु भएको घोषणा गरेको थियो।

बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेकाले सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा भएको दुर्घटनाबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको जनाएको छ। नियन्त्रण गुमाएर दुर्घटनामा परेको कारका चालक र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा जापानस्थित कुनै पनि नेपाली समाजले आधिकारिक रुपमा केही बोलेका छैनन्। रासस

The post बिहानै जापान बाट आयो दुख्द खबर :सडक दुर्घटनामा नेपालीको मृत्यु…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DKZu2e
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top