Photo of Milford Sound in New Zealand

राजस्थान। पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइले बलिउड स्टार सलमान खानलाई मारिदिने धम्की दिएका छन् । लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुरमै मार्ने धम्की दिएका हुन् ।

राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ । सलमानलाई मार्छु, यहीँ मार्छु त्यसपछि थाहा हुन्छ ।’ प्रहरीले यसलाई लरेन्सको चाल भएको अनुमान लगाएको छ । लरेन्स यस्तै गरेर स्थानीय युवाको विश्वास जित्नै उनीहरुलाई आफ्नो संगठनमा ल्याउँछन् ।

जोधपुरमा हरिणको शिकार गरेको अभियोगमा मुद्दा खेपिरहेका सलमानको जोधपुरमा विरोध भइरहेको छ । यो विरोध प्रदेश स्तरसम्मै छ । लरेन्सले यही विषयमा स्थानीय युवाहरुको सहानुभूति हासिल गर्दै उनीहरुको नेता बन्ने प्रयास गरिरहेका छन् । पंजाब र हरियाणको सबैभन्दा खतरनाक अपराधी संगठनलाई लरेन्स जेलबाटै चलाउँछन् । dcnepal

The post जेल जाँदै गर्दा यी खतरनाक डनले दिए सलमानलाई मारिदिने धम्की appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AzlI4k
via IFTTT

0 comments:

Post a Comment

add

 
Top