Photo of Milford Sound in New Zealand

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी देखिन थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ललितपुरका पाँच स्थानका १० जनामा स्क्रब टाइफसका बिरामी भेटिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालयमा आएको जानकारी अनुसार ललितपुरका मंगलबजार, गोदावरी, खुमलटार, हरिसिद्धि र धापाखेलमा स्क्रब टाइफसका बिरामी भेटिएका हुन्। उनीहरुको उपचार भइरहेको छ । जिल्लामा स्क्रब टाइफस फेला परेपछि जनस्वास्थ्य कार्यालयले सचेत रहन र आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको छ। यसअघि काठमाडौं उपत्यकामा भक्तपुरमा पनि स्क्रब टाइफस देखिएको थियो। चितवन, धनकुटा लगायतका पहाडि जिल्लामा यो रोग धेरैमा देखिँदै आएको छ ।

स्क्रब टाइफस एक प्रकारको ज्वरो हो । समयमै उपचार पाए सामान्य औषधि तथा एन्टिबायोटिक औषधिले निको हुन्छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनका अनुसार प्रायःगर्मी मौसममा देखिने यो रोगको समयमैै उपचार नपाए मात्र शरीरका अन्य भागमा ‘रिकेटसिया’ भन्ने एक सूक्ष्म ब्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ ।

मुसा, छुचुन्द्रो लगायत जीवबाट ससाना मुसाका कानमा बस्ने माइट (एक प्रकारको सूक्ष्म किरा) उत्पन्न हुन्छ । त्यही किरा झारपातबाट मानिसमा सर्छ । झाडी, चौर, झारपात, पुराना काठ आदिमा बस्ने किराले मुसा मार्फत मान्छेमा सरेपछि स्वस्थ्य मानिस पनि स्क्रब टाइफसको सङ्क्रमित हुने गर्छ । उनका अनुसार स्क्रब टाइफसको सङ्क्रमण भएमा मानिसमा एकनाशले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरि दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरि रातो हुने जस्ता लक्षण देखापर्छन् ।

समयमै यसको उपचार नगरिएमा मानिसको मृत्युसम्म हुन सक्ने जानकारी दिए । मुसामा लाग्ने किर्ना वा जुम्राको टोकाइबाट सर्ने स्क्रब टाइफस रोग सहरी क्षेत्रमा समेत समस्याका रूपमा देखिएको छ। जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले आश्यर्चलाग्दो रूपमा यस्तो रोग बढेको बताए। ‘जिल्लामा पछिल्लो समय करिब १० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्।’

यसलाई नियन्त्रण गर्न मुसा लुक्ने ठाउँ टाल्न स्थानीय निकायका स्वास्थ्यचौकी तथा सरकारी कार्यालयमा पत्राचार गरिसकेको उनले जानकारी दिए। पुराना बस्ती, घर र खेतबारीमा काम गर्दा मुसामा लाग्ने किर्नाले टोकेका कारण स्थानीय बिरामी परेकाले सुरक्षाका लागि पन्जा लगाएर काम गर्नसमेत पौडेलले सुझाए ।

The post सावधान! ललितपुरमा पनि देखियो ‘स्क्रब टाइफस’ बिरामी, यसको नियन्त्रण कसरी गर्न appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Eblkw4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top