Photo of Milford Sound in New Zealand

घरको जग राख्नुभयो कि बाँकी नै छ ? सरकारले दिँदैछ यसरी पैसा, पुरा विवरण हेरी यी सबै प्रक्रिया पालना गर्नुहोस्, पैसा मिल्छ झ्याप्पै ! काठमाडौं । आजै अन्तिम म्याद हो । सरकारले पैसा दिँदैछ । प्रक्रिया पुर्याउनुहोला । पहिले यो सुचना प्रवाह गरौ । यसपछि समाचार तर्फ जाँऊ । धादिङको निलकण्ठ नगरपालिका–१२ का पूर्णमान कुमाल अझै पनि अस्थायी टहरामै हुनुहुन्छ । भूकम्पपछिका ३२ महिना बितिसके । अनुदानको पहिलो किस्ता लिएको पनि वर्षदिन भैसक्यो ।

तर उहाँले अहिलेसम्म घरको जग राख्न सक्नुभएको छैन । उहाँजस्तै धेरै भूकम्प प्रभावितले घर भत्केपछिका सुरुवाति दिन खुला आकाशमुनि नै बिताउनुप¥यो । कुमालले सरकारले भूकम्प प्रभावितका लागि समयसीमा तोकेको छ भन्ने कुरा पनि वरपर घर बनाउँदै गरेकाबाट सुन्नुभएको हो । तर हल्ला हो कि साँचो भन्ने अझै अलमल छ ।

रसुवाको गोसाईँकुण्ड गाउँपालिका धुन्चेका लामा सम्देन घले लोकसेवा आयोगको जस्तो समय तालिकाले भूकम्प प्रभावितलाई समस्या पारेको गुनासो गर्नुहुन्छ । पोहोर माघ लाग्नुअघि पहिलो किस्ता लिएका प्रभावितले दोस्रो किस्ता लिने समयावधि आइतबार सकिँदैछ । तर आधाजसो प्रभावित अझै दोस्रो किस्ताको प्रकृयामा आउन सकेका छैनन् ।

तोकिएको समयसीमा भित्र दोस्रो किस्ताको प्रकृयामा आउन नसकेका प्रभावितलाई अब के हुन्छ त भन्ने अन्यौल भएको छ । पहिलो किस्तामा ५० हजार रुपैयाँ लिएर घरको जग बसालेका भूकम्प प्रभावितले दोस्रो किस्ता लिन सक्छन् । तर घरको जगदेखि ढोका राख्ने तहसम्म काम नभए प्राविधिक इन्जिनियरले दोस्रो किस्ताको लागि सिफारिस गर्दैनन् ।

गएको वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकालाई यो वर्षको पुसभित्रै दोस्रो किस्ता लिनका लागि प्रकृयामा आउन समयसीमा तोकिएको थियो ।

पोहोर माघअघि पहिलो किस्ता लैजाने झण्डै साढे ४ लाख प्रभाविते अझै पनि २ लाखभन्दा धेरै प्रभावित प्रकृयामा नआएको तथ्याङक छ । अरु बाँकी जसले माघपछि अनुदान सम्झौता गरे उनीहरुले भने चैत मसान्तसम्म दोस्रो किस्ता र असार मसान्तभित्र तेस्रो किस्ता समेत लिइसक्नुपर्ने गरि गएको असार अन्तिम हप्ता समयसीमा निर्धारण भएको हो ।

अनुदान लिएपनि घर बनाउन म्याद नतोकिँदा जहिले काम सुरु गरेपनि हुन्छ भन्ने बुझाईले समयसीमा निर्धारण गरिएको प्राधिकरणको दाबी छ । तोकिएको चरणवद्ध समयसीमा अनुसार अबको ६ महिनाभित्र सबै भूकम्प प्रभावितले अनुदान लिइसक्नुपर्नेछ । तथ्याङ्क अनुसार आउँदो असार मसान्तभित्र ७ लाख ६७ हजार भूकम्प प्रभावितका सुरक्षित घर हुनेछन् ।

प्राधिकरणले निर्धारण गरेको समय तालिका अनुसार भूकम्प प्रभावितले असार मसान्तपछि अनुदान रकम पाउने छैनन् । तर त्यसका लागि भने अझै ६ महिना बाँकी नै छ । घर बनाउनुपर्ने ८९ प्रतिशत भूकम्प प्रभावितले अनुदानको पहिलो किस्ता ५० हजार पनि बुझिसकेका छन् ।

भूकम्प प्रभावितको घर बन्न नसक्नुमा प्रभावितले काम सुरु नगरेको मात्रै होइन अरु अप्ठ्यारा पनि छन् । आर्थिक समस्यादेखि नक्सा पास, लालपूर्जा, अंशवण्डा, घर बनाउन आवश्यक सामग्री, प्राविधिक सल्लाह र किस्ता वितरणका प्रकृया जस्ता झन्झट धेरै छन् ।

तर सरकारले अनुदान र प्राविधिक सहयोग गर्दा पनि घर बनाउन सुरु भएन भने थप समय दिन नसक्ने तर जायज कारण देखिन आयो भने प्रकृयामा ल्याउन सकिने प्राधिकरणको दाबी छ ।

यसका लागि स्थानीय तहले पनि सिफारिस गर्नुपर्ने हुन्छ । घरको जग बसाल्न नसकेको जायज कारण खुलाएर स्थानीय तहको सिफारिस आयो भने त्यसको अध्ययन पछि निर्णय हुनेछ ।

तर यसका लागि पनि थप निर्णय भने प्रधानमन्त्रीको अध्यक्षतामा रहने निर्देशक समितिले गर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालका अनुसार तत्काल निर्देशक समितिको बैठक बस्न सक्ने अवस्था छैन । घर बनाउने काममा ढिलासुस्ती नहोस् भनेर प्राधिकरणले भूकम्प प्रभावितका लागि चरणवद्ध समयतालिका निर्धारण गरेको हो ।

तर तोकिएको समय पुस मसान्त सकिंदै गर्दा प्रकृयामा नआएका भूकम्प प्रभावितलाई अब प्राधिकरणले के गर्ला ? यसका लागि भने निर्देशक समितिकै निर्णय कुर्नुपर्ने भएको छ । (साभार गोर्खाली खबर)

The post घरको जग राख्नुभयो कि बाँकी नै छ ? सरकारले दिँदैछ यसरी पैसा, पुरा विवरण हेरी यी सबै प्रक्रिया पालना गर्नुहोस्, पैसा मिल्छ झ्याप्पै ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DtLoVC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top