पौष २८ गतेबाट रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘मिस्टर झोले’ प्रदर्शनको तयारीमा रहेको छ। दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा रहेको यो चलचित्र करिव ५ बर्ष अगाडी रिलिज चलचित्र ‘झोले’ को नेम सिक्वेल हो।
झोलेमा दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिकामा रहेका थिए। यो चलचित्रमा प्रियंका कार्कीको ठाउमा दिया पुन मुख्य भूमिकामा इन्ट्री भएकी छिन्। दया र दियालाई दर्शकले ‘वीर विक्रम’ चलचित्रमा हेरिसकेका छन्।
मिलन चाम्स निर्देशित चलचित्रमा दुवैको जोडीलाई दर्शकले निकै रुचाएका थिए। गाउले भूमिकामा देखिएका दुवै लाइ यो चलचित्रमा पनि दर्शकले उही फ्लेभरमा देख्न सक्नेछन्। अव पहिलो चलचित्रमा नै सफलताको स्वाद चाखेकी दियाको लगातार दोश्रो चलचित्रमा दयाहाङ संगको जोडी दर्शकले रुचाउछन् कि नी त्यो भने हेर्न बाँकी छ।
The post के फेरी हिट होला दयाहाङ र दियाको जोडी ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AkBYpL
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.