काठमाडौँ । अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन्।
भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ट्वीट गरेपछि यो विषय बाहिर आएको हो।
केन्यास्थित नेपाली वाणिज्यदूत जिमी अस्कले उद्धार गरिएका सबै नेपाली महिला अवैतनिक दूतावासको सम्पर्कमा आएको दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। केन्यासमेत हेर्ने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईले उद्धार भएका युवतीहरूसँग कन्सुलर सम्पर्कमा रहेको जानकारी दिए।
दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हरेक महिना सातभन्दा बढी नेपाली चेलीलाई उद्धार गर्दै आएको छ । तिनीहरूलाई एजेन्टबाट तथा पीडितकै परिवारबाट टिकट मगाएर स्वदेश फर्काइने गरिएको छ । यस्तै कतिपयलाई केही दिनसम्म दूतावासमा राखेर पनि सरकारी खर्चमा फर्काइने गरिएको छ।
थोरै खर्च गरेर धेरै रकम कमाउने लोभमा नेपाली चेलीहरू केन्याको रेस्टुरेन्ट, डान्सबारमा बेचिने गरेका छन् । मानव तस्करी नियन्त्रण गर्न दूतावासले लामो समयदेखि प्रयास गरे पनि कारबाही हुन सकेको छैन। केन्या तथा अन्य अफ्रिकी मुलुकको कमजोर कानुन र त्यहाँको प्रहरी प्रशासनकै संरक्षणमा नेपालीसहित दक्षिण एसियाली मुलुकका चेली बेचिने गरेका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
The post धेरै कमाउने लोभमा केन्यामा यसरी बेचिन्छन् नेपाली चेली appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2EZyiwU
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.