Photo of Milford Sound in New Zealand

सुन्दर देखिन जो कोही पनि चाहन्छन् । विशेषगरी महिलाहरुको हकमा यो कुरा बढी लागु भएको देखिन्छ । तर, समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थयता, उदासिनताले अधिकांश मानिसहरु तनावग्रस्त रहन्छन् । त्यसमा पनि धेरै महिलााहरुको घर गृहस्थी र बाहिरको काम गरेर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुनाले उनीहरु अझ तनावग्रस्त रहने गर्दछन् । तनाव सगै थपिएको थकानले सौन्दर्यमा दुष्प्रभाव अझ बढी परिरहेको हुन्छ ।
त्यसमाथी दिनभरको थकानसँगै राती राम्रो निन्द्रा नपरे स्वास्थ्य र सुन्दरतामा थप नकरात्मक असर पुर्याइरहेको हुन्छ । राम्रो स्वास्थ्यको लागि निन्द्रा निकै महत्वपुर्ण मानिन्छ । त्यसमाथि सौन्दर्यलाई बृद्धि गर्न वा कायम राख्नको लागि त झन हरेक व्यक्तिलाई प्रयाप्त निन्द्राको जरुरत हुन्छ । जब हाम्रो शरीरलाई आराम हुन्छ तब मात्र शरिर स्वस्थ्य बन्छ । त्यसको सिधा असर हाम्रो शरीरको छालामा पर्दछ । सौन्दर्य वृद्धिको लागि राम्रो निन्द्राको आवश्यकता पर्दछ ।
त्यसैले राम्रोसँग निन्द्रा लाग्नका लागि ध्यान पुर्याउनुहोस् यी कुराहरुमा :

– वेडमा जानु अगाडी नै बाथरुमको काम सकाउनुपर्छ, जसले गर्दा राती उठ्नु जरुरी हँदैन । – मनलाई शान्ती प्रदान गर्ने खालको पुस्तक पढ्ने जसले मन हलुंगो भइ निन्द्रा लाग्छ । – सुत्नुअघि ऐना सामु उभिएर हास्नुस र आफैलाई शुभरात्री भन्नुहोस् । यसबाट आफैप्रति संम्वेदनशील बनिन्छ र आफ्नो सौन्दर्यप्रति सेचत भइन्छ । – सुत्नेबेलामा मुस्कुराउदै आफुले आफैलाई शुभरात्रीको कामना गर्नुहोस, जसले तपाईको अनुहारमा थप उत्साह जगाउछ, थकान बिर्साएर मिठो निन्द्रा लाग्छ । – राती खुकुलो प्रकारको कपडा लगाएर सुत्नुपर्दछ, उज्यालो बत्तीको प्रकाशमा सुत्नु हुँदैन । – चिन्ता तनाव, डाह, इष्र्याबाट मुक्त हुने, सकरात्मक सोच राख्नुपर्छ, योग, ध्यान व्यायाम गर्ने, सन्तुलित जीवनशैलि अपनाउने

<

The post सुत्नुअघि जहिले पनि यसो गर्नुहोस, मुहारमा झन् धेरै चमक आउछ … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BiMM8f
via IFTTT

0 comments:

Post a Comment

add

 
Top