Photo of Milford Sound in New Zealand

बुटवल, २१ पुस -रुपन्देहीको देवदह २ ढेकारका एमालेका पुराना नेता निलकण्ठ पौडेलको छोरा बलु पुन भनिने बसन्त पौडेलको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । पौडेल काठ व्यवसायी हुन् ।

शुक्रबार बिहान पौने ११ बजेतिर देवदहको खैरेनीचोकबाट ६ किलोमिटर दक्षिण ढेकारमा रहेको उज्ज्वल सः मिलमा श्रीमतीसहित आगो तापेर बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर हत्या गरेका हुन् । गोली लागेर ढलेका पौडेललाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

४० वर्षिय पौडेललाई एउटा गोली टाउकोमा र एउटा गोली छातीमा लागेको थियो । पहिलो गोली लागेपछि भाग्ने प्रयास गरेर तोरी बारीमा हाम फालेका पौडेल अर्को गोली लागेपछि ढलेका प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका दुबैजनासंग पेस्तोल रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका मनोज पुनले पौडेलको हत्या आफूले गर्न लगाएको भन्दै घटनाको जिम्मा लिएका छन् ।

घटनापछि प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका मनोज पुनले पौडेलको हत्या आफूले गर्न लगाएको भन्दै घटनाको जिम्मा लिएका छन् । स्थानीय सञ्चारकर्मीलाई मनोज पुनले आफू मलेसियाबाट बोलेको भन्दै टेलिफोन गरी व्यक्तिगत रिसिइबीका कारण पौडेलको हत्या गराएको बताएका छन् ।

पुनले ती संचारकर्मीसँग गरेको कुराकानीमा दुर्गा तिवारीको हत्यापछि पौडेलले आफ्ना ८/९ जना केटाहरुलाई फसाएको र पटक पटक फोन गरेर सम्झाउँदा र चेतावनी दिँदा पनि अटेर गरेकाले घटना गराएको बताएका छन् । पुनले दुर्गा तिवारी र बसन्त साथी भएको र उनीहरुले आफ्ना साथीहरुलाई अनाहकमा फसाएको दावी गरेका छन् । दुर्गा तिवारी हत्याका मुख्य योजनाकार पनि पुन नै हुन् ।

तिवारीको एक वर्षअघि २०७३ पुस ४ मा गते ढेकारमै गोली हानी हत्या भएको थियो । बसन्त एमाले रुपन्देही क्षेत्र नंं १ का अध्यक्ष निलकण्ठका एक मात्र छोरा हुन् । बसन्तका दुई छोरा र एक छोरी छन् ।

गोली कसले र किन हान्यो भन्नेबारेमा आवश्यक अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवनकुमार भट्टराईले बताएका छन् ।

घटनाको विरोधमा युवा संघ रुपन्देहीले शुक्रबार चार घण्टा बुटवल र देवदहमा चक्काजाम गरेको थियो । lokaantar

The post पहिलो गोली लागेपछि तोरी बारीमा हाम फालेका पौडेल, दोस्रो गोलीले ढले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qsytxF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top