Photo of Milford Sound in New Zealand

नायक अनमोल केसी यो महिनाका लागि अनलाइनखबरको ‘सेलिब्रिटी अफ द मन्थ’को रुपमा रहेका छन् । अनलाइनखबरको ‘ओके मस्ती टक (सिजन २)का लागि कुरा गर्ने क्रममा नायक अनमोल केसी निकै खुले । उनले आफ्नो व्यक्तिगत र चलचित्रका कुरा समेत खुलाए ।

अनमोलले ‘कृ’का लागि ज्यान बनाउन करिब एक बर्ष लगाए । सधै उनलाई एउटा आरोप थियो, नाच्न नजान्ने, अभिनय नजान्ने । तर, अनमोलले करिब डेढ बर्षको अवधिमा आफूलाई प्रमाणित गरेर देखाए ।

अनमोललाई लाग्छ, एक बर्ष अगाडि उनलाई मन पराउने र मन नपराउने दर्शक आधा-आधा थिए । अहिले मन पराउने ९० प्रतिशत र मन नपराउने १० प्रतिशत छन् । अनमोल आफूलाई मन नपराउनेलाई पनि आफ्नो कडा मिहिनेतले आफ्नो क्लबमा तान्ने बताउँछन् ।

‘मस्ती टक’ गर्ने क्रममा अनमोलले नायक राजेश हमाल, भूवन केसी र सलोन बस्नेतको स्टाइलमा केहि चलचित्रका संवाद समेत बोलेका छन् । तपाई आजसम्म बाथरुममा २ जना नुहाउनु भएको छ भन्ने प्रश्नमा उनले भने-‘होस्टेल बस्दा त केटा केटी सँगै नुहाउथ्यौ । तर, ठूलो भएपछि नुहाएको छैन ।’

अनमोल ‘कृ’ चलचित्र नचल्नु भनेको नेपाली चलचित्रकै बेइज्जत हुनु हो भन्छन् । कारण, यो चलचित्र जस्तो चलचित्र अहिलेसम्म नबनेको उनको वुझाई छ ।

यो चलचित्रका लागि अनमोलले एक्सनमा पनि खुबै मिहिनेत गरेका छन् । सिक्स प्याक्स बनाएका अनमोलको ‘लोवर ब्याक’ च्यातिएको छ र यो कहिल्यै पनि सन्चो नहुने उनको भनाई छ ।

अनमोलले नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, आना शर्मा र अदिती वुढाथोकीमध्ये कोसँग बिहे, कोसँग डेटिङ र कोसँग भाइटिका लगाउनुहुन्छ भन्ने प्रश्नमा रमाइलो जवाफ दिएका छन् । जुन तपाइले भिडियोमा हेर्न सक्नुहुनेछ ।

अनमोल केसी आफूलाई चलचित्रले कति कमाउँछ भन्दा पनि राम्रो काम गरेर दर्शकको मन जित्ने चाहना भएको बताउँछन् । नेपाली चलचित्रका लागि अझै कडा मिहिनेत गर्न चाहेको बताउने अनमोल यहि क्षेत्रमा आफूलाई समर्पित गर्ने बताउँछन् ।

‘मस्ती टक’ गर्ने क्रममा उनले आफूले बिहे गर्न चाहेकी यूवतीको नाम समेत खुलाएका छन् । यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

अनमोलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

-अनलाईनखबरबाट

The post नम्रतासँग बिहे गर्न चाहेको अनमोल केसीको खुलासा – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BjASLo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top