Photo of Milford Sound in New Zealand

मुम्बई । ‘कयामत’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री नेहा धुपिया ३७ वर्षकी भएकी छिन् । उनको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएर आए । तर उनी अहिले पनि अविवाहित छिन् ।

पछिल्लो समय ‘हिन्दी मिडियम’, ‘तुम्हारी सुलु’जस्ता फिल्ममा अभिनय गरे पनि हिरोइनका रूपमा उनको करिअर माथि आउन सकेको छैन ।

नेहाको पहिलो प्रेम राष्ट्रियस्तरका स्कबेस खेलाडी ऋतिक भट्टाचार्यसँग थियो । नेहाको ऋतिकसँग लामै समय प्रेम चल्यो । नेहा र ऋतिकको सन् २००० मा भेट भएको थियो ।

भेटेको केही समयपछि उनीहरूबीच प्रेम भयो । उनीहरू झन्डै १० वर्ष रिलेसनमा रहे । उनीहरूले बिहे गर्ने खबर पनि फैलिएको थियो । तर, उनीहरूको एकाएक ब्रेकअप भयो ।

नेहाले ऋतिकसँग आफू नै छुट्टिएको बताएकी थिइन् । ऋतिक रियालिटी सो फेयर फ्याक्टर–खतरोँके खेलाडीका रनरअपसमेत थिए । नेहासँग छुट्टिएपछि उनले पिया त्रिवेदीसँग बिहे गरे ।

नेहाको नाम क्रिकेटर युवराज सिंहसँग पनि जोडियो । नेहा र युवराज सन् २०१४ मा प्रेममा परेका थिए । अभिनेत्री, गायिका सोफी चौधरीको बर्थ डे पार्टीमा गएका वेला नेहाको भेट युवराजसँग भएको थियो । त्यसपछि उनीहरू धेरै ठाउँमा सँगै देखिए ।

उनीहरूबीच केही समय अफेयर चल्यो । नेहाले आफू र युवराज प्रेममा नभएको दाबी गरिन् । त्यसको केही समयपछि युवराजले हेजल किचसँग इंगेज्मेन्ट गरे ।

क्रिकेटर युवराजपछि नेहाको नाम अमेरिका निवासी दन्त चिकित्सक जेम्स सिल्बेस्टरसँग जोडियो । नेहाले जेम्सलाई आफ्नो प्रेमको यस्तो मोहमा पारेकी थिइन् कि, नेहाकै कारण जेम्स मुम्बई सरेका थिए । तर, केही समयपछि जेम्ससँग पनि नेहाको प्रेम टुट्यो । यीबाहेक पनि नेहाका अन्य केही पुरुषसँग पनि नाम जोडिने गरेको छ । – एजेन्सी

The post यी अभिनेत्रीका यति धेरै प्रेमी, ३८ वर्षसम्म पनि बिहे हुन सकेन appeared first on Taja nepali news.

http://ift.tt/2Gfkj6X

from SHYANE http://ift.tt/2GfkmzF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top