Photo of Milford Sound in New Zealand

कलंकीका केही होटेल र खाजाघरमा खुल्लमखुला यौनधन्दा हुने गरेको सरकारी अनुगमन टोलीले फेला पारेको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी अधिकृत अनिता अधिकारी नेतृत्वको टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् ।

११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिका अधिकारी सहभागी थिए । ती किशोरीहरुलाई बिहान नौदेखि राति १० बजेसम्म अवैध धन्दामा लगाइने गरेको टोलीले पत्ता लगाएको छ ।

गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा त्यस्तो धन्दा हुने गरेको पाइएको अधिकृत अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार अविवाहित किशोरीलाई सिन्दुर, पोते लगाइदिएर विवाहित भएको बताउँदै ग्राहकसँग यौन सम्पर्क गर्न पठाइने गरेको अनुगमनका क्रममा भेटिएको छ ।

त्यसक्रममा भेटिएका अधिकांश किशोरीसँग नागरिकता थिएन । अर्थात्, उनीहरु नागरिकता बनाउने उमेर १८ वर्षभन्दा कमका हुन् । कतिपय राम्रै परिवारका र कतिपय पारिवारिक वातावरण राम्रो नभएका कारण त्यस्तो धन्दामा लागेको पाइएको छ ।

अनुगमन टोलीलाई अधिकांशले २१, २२ वर्षको बताएका थिए । तर, फकाई–फुल्याई सोध्दा १२ वर्षका बालिका पनि फेला परेका छन् ।

बाहिर खाजाघरको बोर्ड झुण्ड्याइएको छ, भित्र भने मदिराजन्य पदार्थकै बाहुल्यता देखिन्थ्यो । हरेक खाजाघरमा स–साना क्याबिन थिए । क्याबिनमा दुई कुर्सी, एक बेन्च र एक टेबल थिए । किशोरीहरु त्यही टेबलमा सुत्दा रहेछन् । र, ग्राहकको यौनप्यास पनि त्यहीं मेटाउने गरेको पाइएको छ ।

तीमध्येकी एक किशोरीले मासिक चार हजार रुपैयाँ तलब पाउने गरेको बताइन् । अधिकांश किशोरीले बताएअनुसार एक जना ग्राहकलाई सन्तुष्ट बनाइदिएवापत होटेल र खाजाघर सञ्चालकहरुले पाँचदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

सञ्चालकहरुले किशोरीहरुलाई मासिक चारदेखि ६ हजार रुपैयाँ दिने गरेको खुलेको छ । दैनिक ३/४ ग्राहकसँग यौन सम्पर्क राख्नुपर्ने उनीहरुले अनुगमन टोलीलाई जानकारी दिए । citydainik

The post कलंकीका होटलहरुमा पाइन्छन १२ बर्ष देखि १८ बर्ष सम्मका कलिला युवतीहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E3m05I
via IFTTT

0 comments:

Post a Comment

add

 
Top