Photo of Milford Sound in New Zealand

काठमाडौ । यौन जिज्ञासा र समाधान शीर्षकमा हाम्रो पेजको इन्बक्समा जिज्ञासा राख्ने नाम परिवर्तित प्रेम जी तपाईले यौन सम्पर्कमा स्तनको के भूमिका छ श्र भनेर सोध्नुभएको थियो । यो जिज्ञासाको समाधान यो लेखले गर्नेछ । यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यासनको सेल्स दू्रतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ । भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तिरिक शक्ति थपिने अध्ययनले देखाएको छ ।

यो पनि पढ्नुस
एजेन्सी । मुटु छातिबाहिर एक शिशुको सल्यक्रिया गरी मुटुलाई छातिभित्र राखिएको छ । शल्यक्रिया सफल भएपछि शिशु बाँचेकी छन् । बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड अस्पतालमा तीन साताअघि जन्मिएकी भेनेलोप होप विल्किन्सको ब्रेस्ट बोन समेत छैन । उनी सिजेरियन गरि जन्मिएकी थिइन् । यसरी मुटु छातिबाहिर हुने स्थितिलाई ‘एक्टोपिया कर्डिस’ भनिन्छ । यस्तो केस १० लाख शिशुमध्ये एक जनामा हुन सक्छ । मुटु छातिबाहिर भएका अधिकांश शिशु जन्मनुअघि नै मृत भइसकेका हुन्छन् । अस्पतालले यसअघि बेलायतमा जन्मेका यस्ता कुनै पनि शिशु नबाँचेको जानकारी पनि दिएको छ ।

बाहिर निस्केको मुटु छातिभित्र राख्न यो समेत तीनपल्ट शल्यक्रिया गरिएको छ । नटिङघममा बस्ने शिशुका बाबुआमा ३१ वर्षीया नाओमी फिन्डले र ४३ बर्से डिन विल्किन्सले छोरी भ्यानेलोप वास्तवमै ‘बाँच्नका लागि बहादुरीपूर्वक जीवनयुद्ध’ गरिरहेकी बताएका छन् ।

नाओमीले भनिन्, ‘अल्ट्रासाउन्ड गर्दा उनको मुटु छातिबाहिर देख्दा नै म तर्सिएकी थियो । यो डरलाग्दो थियोे र त्यस्तो पनि हुनसक्छ भनेर हामीलाई कुनै जानकारी थिएन ।’ रगत परीक्षण गराउँदा कुनै पनि वंशाणुगत खराबी वा ‘क्रोमोजोम एब्नर्मालिटिज’ नदेखिएपछि उनीहरूले सन्तान पाउने नै निर्णय लिएका थिए ।

डिनले भने ‘पछि भने हामीलाई गर्भपात गराउन सल्लाह दिइएको थियो, साथै यस्तो अवस्थामा छोरी बाँच्ने सम्भावना छैन पनि बताएको थियो । हामीलाई बाहेक अरु कसैले पनि उनी बाँच्छिन् भन्ने विश्वासै थिएन ।’

भ्यानेलोप क्रिसमसको पूर्वसन्ध्यामा जन्मने अपेक्षा गरिए पनि २२ नोभेम्बरम सिजेरियनबाट जन्मेकी थिइन् । उनको मुटुलाई क्षतिग्रस्त र संक्रमण हुनबाट जोगाउन सिजेरियन गरि जन्माइएको थियो ।

प्रसूति विशेषज्ञ, मुटु सर्जन, एनेस्थेटिस्ट्स, नवजात विशेषज्ञ र नर्ससहित करिब ५० जनाको समूहले उनलाई सिजेरियनबाट जन्म दिलाएका थिए । सिजेरियनबाट जन्मेको करिब ५० मिनेटभित्रै उनको मुटु छातिभित्र राख्ने क्रममा पहिलो शल्यक्रिया गरिएको थियो ।

त्यसपछि गरिएको दोस्रो शल्यक्रियामा भ्यानेलोपको शरीरको छाला निकाली छातिको प्वाल छोपिएको थियो ।
‘उनी जन्मनुअघि उनको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो,’ वरिष्ठ बालमुटुरोग विशेषज्ञ फ्रान्सिस बुलकले भने, ‘तर अहिले भने स्थिति फरक छ– भ्यानेलोपको स्वास्थ्य राम्रो छ र उनी यो सबै थेग्ने निकै सशक्त देखिएकी छन् ।’

उनले पछि मुटुको सुरक्षाका लागि भ्यानेलोपको छातिमा हाड हालिने पनि बताए । यस्तो हाड उनको शारीरिक वृद्धिसँगै बढ्ने गरी थ्रिडी प्रिन्टिङ वा केही अग्र्यानिक पदार्थको हुने पनि बुलकले बताए । जन्मदा छातिबाहिर मुटु भएका केही बालबालिका अमेरिकामा पनि जीवित छन् ।

तीमध्ये सन् २०१२ अक्टोबरमा टेक्सासमा जन्मेकी अड्रिना कार्डिनास पनि एक हुन् । उनको पनि शल्यक्रिया गरी छातिभित्र मुटु हालिएको थियो र तीन महिनापछि डिस्चार्ज गरिएको थियो ।

अड्रिनालाई छातिको सुरक्षाका लागि प्लास्टिकको कवच दिइएको थियो । भ्यानेलोपले अझै धेरै समस्या सामना गर्नुपर्ने र तीमध्ये प्रमुख समस्या संक्रमण भएको ग्लेनफिल्ड अस्पतालले जनाएको छ ।

सफल शल्यक्रियापछि अब अर्को चरणमा उनलाई भेन्टिलेटरबाट झिकिनेछ । अहिले शल्यक्रियापछि स्वास्थ्यमा छिटो सुधार ल्याउन भेन्टिलेटरमा राखिएको थियो । भ्यानेलोपका बाबु डिनका अनुसार उनले प्रतिकूल परिस्थितिलाई चुनौती दिइरहेकी छन् । उनी भन्छन्, ‘यो महान चमत्कार हो ।’

डिन दम्पतिले वाल्ट डिज्नीको फिल्म ‘रेक–इट राल्फ’को एउटा चरित्रका आधारमा नै छोरीको नाम भ्यानेलोप राखेका थिए । फिल्ममा एउटी बहादुर लडाकु भ्यानेलोप अन्त्यमा एउटी राजकुमारी भएको पत्ता लाग्छ र छोरीका लागि उनको नाम उपयुक्त हुने ठानेर भ्यानेलोप नाम राखेको नाओमीले बताइन्।

The post स्तन मिच्दै सेक्स गर्नु लाभदायक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nalCfx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top