Photo of Milford Sound in New Zealand

नेपालगन्ज – बाँके राष्ट्रिय निकुन्ज क्षेत्रमा हाइसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ। नेपालगन्जबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाइसले बाँके राष्ट्रिय निकुन्जमा पर्ने पूर्वपश्चिम राजमार्गमा ठक्कर दिँदा चितुवाको घटनास्थलमै मृत्यु भएको हो। चितुवालाई ठक्कर दिएर फरार भएको हाइससहित चालक प्युठानका ऐमलाल रानालाई पक्राउ गरिएको छ ।

सडक पार गर्ने बेला तिव्र गतिमा रहेको हाइसले चिुतवालाई ठक्कर दिएको हो। हाइसको ठक्करबाट चितुवाको मृत्यु भएपछि भागेका चालक रानालाई प्रहरीको टोलीले अमेलियामा पक्राउ गरी बाँके राष्ट्रिय निकुन्जलाई बुझाएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुन्ज ऐन २०२९ अनुसार चालकलाई कारबाही गरिने भएको छ ।

The post चितुवालाई ठक्कर दिएर भागेका हाइसका चालक पक्राउ, चितुवा ठाउँको ठाउँ ठहरै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A5zafP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top