Photo of Milford Sound in New Zealand

याँदिल्ली – चीनले विवादित सीमाक्षेत्र दोक्लामको उत्तरी भुभागमा आफ्नो उपस्थिती बढाएको छ। विहीबार सार्वजनिक स्याटलाइट तस्वीरमा चिनियाँ सेना हातहतियारसहित दोक्लामको उत्तरी भुभागमा बसिरहेको पाइएको इकोनोमिक टाइम्सले जनाएको छ।

उक्त भुभागमा चिनियाँ सेनाले ७ वटा हेलिप्याडसमेत निर्माण गरेको छ। हतियारले भरिएका सवारी तैनाथ गरेर राखिएको छ। सैनिक उपस्थित रहेको ठाउँनजिकै ठूलो मात्रामा सडक बनाउने सामाग्री राखिएको छ। स्याटलाइटबाट खिचिएका यी तस्वीर यसै महिनाको भएको बताइएको छ।

गत वर्षको जुन १६ मा दोक्लाममा सडक बनाउने विषयमा भारत र चीनबीचको विवाद ७३ दिनसम्म चलेको थियो। चीन र भुटानको सीमा क्षेत्र भएपछि दोक्लाममा सडक निर्माण रोक्न सरोकारै नभएको भारतको सेनाले अवरोध गरेको थियो।

स्याटलाइट तस्वीरमा दोक्लामका कैयौ इलाकामा चिनियाँ सेनाका ट्यांक राखिएको देखिएको छ। आकाशमा मार हान्ने मिसाइल, सैनिक सवारी, तोप, सर्वेक्षण टावरलगायत अन्य कैयौ सैन्य सामाग्री तैनाथ गरिएको छ। केही ठाउँमा ठूलो संख्यामा हतियार तैनाथ गरेको स्पष्ट देखिन्छ।

चिनियाँ सेनाको उपस्थिती र गतिविधी बढेपछि भारतीय सेना प्रमुख विपिन रावतले भारतीय सेना दोक्लामा तैनाथ रहेको र चिनियाँ सेना अघि बढे सामना गर्ने बताएका छन्।

The post दोक्लामबाट आयो भारतको लागि दु:खद खबर , दिल्लीमा रुवाबासी … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FRgp40
via IFTTT
18 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top