Photo of Milford Sound in New Zealand

आफ्नो पर्स चोरी भएपछि एक महिलाले गुडिरहेको बसअगाडि हाम्फालेर आत्महत्याको प्रयास गरेकी छिन् । बस चालकको सुझबुझका कारण महिलाको ज्यान बचेको छ ।

आफ्ना श्रीमानको उपचारको लागि अस्पताल आएकी ती महिलाको पर्समा ५० हजार भारतीय रुपैयाँ रहेको बताइएको छ । पर्स चोरी भएपछि ती महिलासँग एक पैसा पनि बाँकी रहेन । पैसा बाँकी नरहेपछि उपचार गराउन र घर फर्कन समेत नसक्ने स्थिति आयो । पैसा चोरी भएपछि निकै तनावमा रहेकी ती महिलाले आत्महत्याको प्रयास गरेको बताएकी छिन् । सरिता नम गरेकी ती महिलाको एक वर्ष अगाडि भारतको लखनउको पीजीआए (पोस्टग्रयाजुएट एन्ष्टिच्युट) मा अपरेशन भएको थियो । यही सिलसिलामा जाँच गराउन उनी पुनः सोही अस्पताल आएकी थिइन् । घटनाको जानकारीपछि आएका प्रहरीले यो जानकारी आफ्ना एसएसपी दीपक कुमारलाई दिए । दीपक कुमारले तत्कालै यसबारे पीजीआइ इन्स्पेक्टर अरुण कुमारलाई फोन गरेर पीडित दम्पत्तिलाई सहयोग गर्न आग्रह गरे । अस्पतालले यसपटकको जाँच निःशुल्क गरिदिएको छ । अरुण कुमारले दम्पतिलाई १० हजार रुपैयाँ सहयोग समेत गरेका छन् । dcnepal

The post पर्स चोरी भएपछि महिलाले गरिन् आत्महत्याको प्रयास, के थियो पर्समा ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mBORrq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top