Photo of Milford Sound in New Zealand

एजेन्सी । १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो ।

सिसी क्यामेराअघि
पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो ।

प्रहरीको भ्यानमै अडेसा लागेर
नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरीभ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन ।

दरबारको बगैंचामा
सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ ।

बैंकमा
मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् ।

ककपिटमा
सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्‍याइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो ।

चर्चमै
चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभैदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए ।

एटीएम बुथमा
स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए ।

– एजेन्सीको सहयोगमा साप्ताहिकको रिपोर्ट

The post दुनियाँलाई लाज लाग्ने ८ लाईभ यौन हर्कत, हेर्नुहोस जसले लाजै मानेनन् र यतिसम्म गरे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nfMo5d
via IFTTT
26 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top