Photo of Milford Sound in New Zealand

काठमाडौँ । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक । आजको राजधानीमा खबर छ । प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् ।

यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी । तिम्रो आँखामा …बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो । अहिले सिंगल छिन् अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन् । उनी कार्यक्रमका लागि जहाँ जान्छिन् । सपरिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ । चारजनाका लागि टिकट काट्न लगाउँछु ।’

वैवाहिक जीवनमा सम्बन्ध विच्छेद गरेपछि उनलाई धेरै प्रस्ताव आए विवाह गर्नुपर्छ भनेर । पुनः विवाह गर्न मन छैन । एकपटक वैवाहिक जीवन भोगिसकेकी अन्जुलाई अहिले पनि लाग्छ, ‘विवाह जीवनका लागि एउटा काँडा हो । जब एउटा काँडा झिकिसकेको छ भने अर्को काँडा किन रोप्ने ?’

उल्टै प्रश्न गरिन् उनले । जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकोमा मनोजराजलाई धन्यवाद पनि दिन्छिन् । मनोजले उनलाई यातना मात्रै दिएनन् । कहिलेकाहीँ माया पनि गरे । फरक यत्ति हो, माया थोरै गरे, यातना धेरै दिए ।दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले सुझाव दिँदै भनिन्, ‘तपाईको घरमा आमा, दिदी र श्रीमती हुनुहुन्छ, उहाँहरूलाई शीतल छहारी दिनुस् ।’

The post बिहे गरेका मनोजराजलाई अन्जुले भनिन यातना मात्रै दिनु भएन मलाई कहिले काही appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dazf7B
via IFTTT

0 comments:

Post a Comment

add

 
Top