Photo of Milford Sound in New Zealand

३ माघ, दाङ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देही तोकेपछि दाङमा आन्दोलन चर्किएको छ ।

बुधबार विहानैदेखि प्रदर्शन गर्दैै आएका आन्दोलनकारीले सरकारले दिउँसो रुपन्देहीलाई अस्थायी मुकाम तोकेपछि थप आक्रोशित भएका छन् । मन्त्रिपरिषदको निर्णय लगत्तै आन्दोलनकारीले घोराही, तुलसीपुर, लमही लगायतका स्थानमा टायर बालेर विरोध जनाएका छन् ।

उनीहरुले सरकारले निर्णय नसच्याए दाङबाट आठौं प्रदेशको लागि आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले भौगोलिक र सामरिक हिसाबले सबैभन्दा उपयुक्त ठाउँ दाङ छाडेर रुपन्देहीलाई अस्थायी मुकाम घोषणा गर्नु अन्यायपूर्ण भएको बताए । सरकारले निर्णय नसच्याएसम्म आन्दोलन जारी रहिरहने उनले जानकारी दिए ।

दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन पि्रयाशनले सरकारले भारतको चाहना अनुसार भारतीय सीमा क्षेत्र रुपन्देहीमा अस्थायी मुकाम तोकेको आरोप लगाए । ‘नेपाललाई सिक्किमिकरण गर्ने डिजाइनमा राजधानी सीमा क्षेत्रमा राख्न खोजिएको हो,’ पि्रयासनले भने, ‘विदेशीको इशारामा गरिएको निर्णय हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

मन्त्रिपरिषद बैठकले बुधबार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीमा अस्थायी मुकाम तोकेको छ । अस्थायी मुकाम तोकेको विरोधमा प्रदेश २ को वीरगञ्ज, प्रदेश ५ को दाङ र प्रदेश ७ को दिपायलमा बुधबारदेखि नै आन्दोलन सुरु भएको छ ।

The post भर्खरै दाङबाट आयो यस्तो खतरा चेतावनी, यसरि डरलाग्दो तरिकाले हुने भयो अन्दोलन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mI5QYf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top