Photo of Milford Sound in New Zealand

मिडियामा प्रायः नेपाली फिल्मको भिडन्तको खबरले नै बढी स्थान पाउने गर्छन् । यस वर्षको फागुन पहिलो साता पनि यस्तै कारणले चर्चामा छ । वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’ र ‘मंगलम’ फागुन ४ गतेबाट एकसाथ प्रदर्शनमा आउँदैछन् ।

यसअघि माघ २६ गते प्रदर्शनमा आउने कन्फर्म भएको ‘कान्छी’ यही मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ आएपछि ब्याक हटेको थियो । माघ २६ बाट हटेर फागुन ४ मा पुगेको ‘कान्छी’ यो मितिमा पनि एक्लै छैन । नायिका श्वेता खड्का र नायक दयाहाङ राईको फिल्म यो मितिमा आउनु अगाडि नै निर्माता छविराज ओझाले आफ्नो फिल्म ‘मंगलम’को प्रदर्शन मिति फाइनल गरिसकेका थिए ।

हुनत, यो फिल्म पनि यसअघि ‘छक्का पञ्जा २’ सँग जुध्न तयार भएको थियो । तर, अहिले हेर्दा लाग्छ ‘मंगलम’ फागुन ४ मा पनि आउन सक्ने सम्भावना निकै न्यून देखिएको छ । यो मितिभन्दा एक हप्ता अगाडि प्रदर्शनमा आउन लागेको अनमोल अभिनीत फिल्म ‘कृ’का कारण ‘मंगलम’ आफूले रोजेको बाटोबाट पन्छिने तयारीमा छ ।

अहिले निर्माता ओझा वितरक कम्पनी एफडीका पदाधिकारीसँग फिल्मको नयाँ प्रदर्शन मितिको विषयमा छलफल गरिरहेका छन् । ‘कृ’को असर आफ्नो फिल्ममाथी पर्ने छाँटकाट देखिएपछि छविराज ओझा आफू ‘सेल्फ ल्यान्डिङ’ हुन खोजिरहेका छन् । असोज ११ गतेलाई प्रदर्शन मिति कन्फर्म गर्दै फिल्म ‘मंगलम’को एक गीत र पोष्टर रिलिज भइसकेको छ ।

निर्माता ओझा आफ्नो प्रत्येक फिल्मको प्रचार ३ महिना अगाडि गीत सार्वजनिक गरेर सुरु गर्ने गर्छन् । तर, ‘मंगलम’ भने अब रिलिज हुन डेढ महिना पनि बाँकी छैन् । निर्माता ओझा चुपचाप हुनुको पछाडि उनी ‘कान्छी’सँग नभिड्ने र ‘कृ’को चेपुवामा नपर्ने मनस्थितिमा पुगिसकेका छन् । फागुन ४ मा ‘मंगलम’ नआए ‘कान्छी’लाई भने ठूलै राहत मिल्नेछ ।

The post स्वेता पछी हट्दा पनि पाइनन् सुख,छबी ओझा बने बाधक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2F60RJ8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top