Photo of Milford Sound in New Zealand

काठमाडौं, ८ माघ । पछिल्लो समय हास्य कलाकार अभिनित चलचित्रले राम्रो सफलता पाएपछि उनीहरूको डिमान्ड बढ्दै गएको छ । ६ एकान ६, छक्का पञ्जा, छक्का पञ्जा २, जात्रा, २ रुपैयाँ जस्ता चलचित्र हिट भएपछि हास्य कलाकारको डिमान्ड बढ्दै गएको हो ।

पछिल्लो समय सबैभन्दा धेरै पारिश्रमिक पाउने कलाकारमा केदार घिमिरे माग्नेबुढा र जितु नेपाल मुन्द्रे भएका छन् । नायिका पूजा शर्माले बनाउन लागेको नयाँ चलचित्रमा माग्नेबुढा १० लाख र जितु नेपाल सात लाख रुपैयाँमा अनुबन्ध भएका छन् । माग्नेबुढाले आफूले पाएको पारिश्रमिकबारे जानकारी गराए पनि जितु नेपालले भने सार्वजनिक गरेका छैनन् ।

सोमबार बिहान फेसबुकमार्फत नेपालले राम्रो पारिश्रमिक पाउने भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘६ एकान ६ देखि छक्का पञ्जा २ सम्मको चलचित्रको यात्रामा हामी हास्य कलाकार र हाम्रो समूहलाई बेग्लै सफलता मिलिरहेको छ, दर्शकहरूले पनि हामीलाई ठूलो पर्दामा पनि अत्यन्तै माया र हौसला दिनुभयो, जसको परिणाम हिजो पारश्रिमकको कुरा गर्दा अभिनय नै गर्न नपाइएला भनेर कुरै गर्न डराउने म, एक साधारण कलाकार आज राम्रो पारिश्रमिक पाउने भएको छु, जसको पछिल्लो उदाहरण सुदर्शनजी र पूजाजीको चलचित्र हो,

मेरो आवश्यकता महसुस गरेर मलाई सम्माजनक पारिश्रमिकसहित सम्झौता गर्नुभएकोमा आभारी छु ।’ टेलिसिरियलमा जमेका माग्नेबुढा र जितु नेपाल अहिले ठूलो पर्दाको चलचित्रमा पनि त्यत्तिकै जमेका छन् । सोही कारण जितु नेपाल, माग्नेबुढा र विल्सनविक्रम राई तक्मेलाई निर्माता पूजा शर्माले आफ्नो चलचित्रमा अनुबन्ध गरेका हुन् । चलचित्रको अहिले स्क्रिप्ट लेखन कार्य भइरहेको छ ।

The post नायिका पूजा शर्माले बनाउन लागेको नयाँ चलचित्रमा माग्नेबुढा १० लाख पाउदा जितु नेपालले पनि पाए यती ठुलो पारिश्रमिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mZaW2z
via IFTTT

0 comments:

Post a Comment

add

 
Top