Photo of Milford Sound in New Zealand

२५ पुस काठमाडौं गोविन्द केसीले आफूले न्यायाशीध र न्यायपालिकाको नभई न्यायाधीशको भ्रष्ट प्रवृतिको विरोध गरेको बयान दिएका छन्।

मंगलबार दिउँसो २ बजेपछि सुरु भएको अदालतको अवहेलनासम्बन्धी बयानमा डाक्टर केसीले अदालतको अवहेलना आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको बताए।

‘अरुले दुईटा नागरिकता राख्न पाउँदैनन्, तर प्रधानन्यायाधीशसँग दुई नागरिकता छन्, उहाँले उमेर सच्याएर जागिर खाइरहनु भएको छ, त्यो अपराध हो’ केसीलाई उद्धृत गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले भने, ‘उहाँ न्यायाधीश हुन अयोग्य मान्छे हो, उहाँमाथि छानबिन गरिपाउँ।’

केसीले प्रधानन्यायाधीश पराजुलीले पदीय हैसियत पनि दुरुपयोग गरेको बयानमा उल्लेख गरेका छन्। नातेदार भएकाले नहकुल सुवेदीलाई ६ महिनामा तीन पटक बढुवा गरेको उल्लेख गर्दै पराजुलीले नै अदालतको अपहेलना गरेकाले उनलाई कारबाही गर्नुपर्ने केसीले बयानमा उल्लेख गरेका छन्।

केसीको बयान सकिएपछि अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीले अदालतको अपमान गरेको मुद्दामा बहस हुने भएको छ।

The post अदालती बयानमै थर्काए गोबिन्द केसीले गोपाल पराजुलीलाई, हेर्नुस के के भने केसीले ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2miIqsU
via IFTTT
09 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top