Photo of Milford Sound in New Zealand

मुम्बइ। बलिउड अभिनेता कबीर बेदी आज ७२ वर्ष पुगे । १६ जनवरी १९४६ मा पाकिस्तानको लाहोरमा जन्मिएका कबीरले आफ्नो ७० औं जन्मदिनभन्दा ठिक एक दिन अगाडि आफूभन्दा २९ वर्ष कान्छी गर्लफ्रेण्ड परवीन दोसांजसँग चौथो बिहे गरेका थिए ।

रोचक त के भने कबीरकी चौथी पत्नी परवीन उनकी पहिलो पत्नीतर्फकी छोरी पूजा बेदीभन्दा ४ वर्ष कान्छी छिन् । परवीन अहिले ४३ वर्षकी छिन् र पूजा ४७ वर्षकी छिन् । परबीन ब्रिटिस मूलकी मोडल र अभिनेत्री हुन् जो कबिरसँग १० वर्ष लिभ इन रिलेसनमा रहिन् । कबीरले पबिलो बिहे डान्सर प्रेतिमा बेदीसँग १९६९ मा गरेका थिए । यिनीहरुका दुई सन्तान छन् छोरी पूजा र छोरा सिद्धार्थ । प्रतिमासँग छुट्टिएको केही वर्षपछि सिद्धार्थले आत्महत्या गरे लगत्तै केही वर्षपछि प्रेतिमाको पनि दुर्घटनामा मृत्यु भयो ।

प्रेतिमासँग सम्बन्ध बिग्रिएपछि कबीरको सम्बन्ध परवीर बबीसँग रह्यो । कबीरसँग परबीनले हलिउडसम्मको सफर तय गरिन् । तर कबीर काममा मात्रै व्यस्त हुन थालेपछि परबीनलाई लाग्यो कबीरले उनलाई बेवास्ता गर्दैछन् । जसका कारण केही समयपछि यी दुई पनि छुट्टिए । परबीन बबीपछि कबीरको सम्बनध ब्रिटिस फेसन डिजाइनर सुसैन हम्फ्रेससँग रह्यो । यी दुईले बिहे पनि गरे । यिनीहरुका छोरा एडम बेदी अन्तर्राष्ट्रिय मोडल हुन् । तर यो बिहे पनि धेरै समय भने टिक्न सकेन । १९९० को दशकमा कबीरले तेस्रो बिहे रेडियो प्रस्तोता निक्कीसँग गरे । २००५ मा यो सम्बन्ध पनि विच्छेद भयो । यी दुइका छोराछोरी छैनन् । यसपछि कबीर ब्रिटिस मूलकी मोडल परवीर दोसांजसँग सम्बन्धमा थिए ।

The post ७२ वर्षमा ४ बिहे गरिसके यी अभिनेताले, छोरीभन्दा ४ वर्ष कान्छी छन् कान्छी श्रीमती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dd58sQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top