Photo of Milford Sound in New Zealand

एजेन्सी । यी सुन्दरीहरुको रुपले जोकोही पनि मोहित हुन सक्छ । किनकी यिनीहरुको सुन्दरता नै त्यस्तै छ । तर यिनीहरु प्रति आर्कषण अलि कम हुन सक्छ, जब उनी अपराधि हुन् भन्ने थाहा हुन्छ ।

भन्ने गरिन्छ कि केटीहरुलाई ब्याड बोइज निकै मन पर्छ । तर के पुरुषको हकमा यो लागु हुन्छ ? के पुरुषहरुलाई ब्याड गर्ल्स मन पर्छ त ? संसारका यी खतरनाक सुन्दरी अपराधिहरुको सुन्दरता देख्ता उनीहरु अपराधि हुन् भन्नेमा विश्वास लाग्ने छैन ।

१. एमाण्डा नोक्स (Amanda Knox, United States)
एमाण्डा नोक्सको फोटो २००७ मा समाचार पत्र मार्फत सार्वजनिक भयो जब उनीले आफ्नै रुममेटको क्रूर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ ग-यो । सो समयमा उनी इटालीमा पढाइ गर्थिन् । त्यहाँ बस्ता एक अर्का विद्यार्थीसँग उनले कोठा सेयर गरेकी थिइन् । तर एक दिक एक युवकको हत्या भयो । त्यसको केही दिनपनि एमाण्डा र उनका प्रेमीलाई प्रहरीले पक्राउ ग-यो । २०११ मा अदालतले उनलाई निर्दोष सावित ग¥यो र उनी अमेरिका फर्किइन् । तर ३ वर्षपछि अदालतले अर्को फैसला गर्दै उनलाई २८ वर्षको कैद सजाय सुनायो ।

२. स्टेफनी बुडोइन (Stephanie Boudoin, Canada)
२१ वर्षीया नर्सिङकी विद्यार्थी स्टेफनी अपराधका कारणले मात्रै हेडलाईन बनिनन् बरु उनका नक आउड सेल्फीहरु पनि निकै चर्चामा रहे । स्टेफनीलाई ४० घरमा चोरीको आरोप लागेको छ । त्यहाँको स्थानीय पत्रकारले उनको सामाजिक सञ्जालमार्फत उनका व्यक्तिगत तस्विरहरु पनि समाचारसँगै प्रकाशन गरेपछि ती फोटोहरु निकै चर्चित बने । उनको बारेमा हरेक ठाउँमा चर्चा परिचर्चा हुने थाले । एक बेलायती ट्याब्लोइड पत्रिकाले उनलाई संसारको सबैभन्दा सेक्सी क्रिमिनल भनेर नै समाचार छापेको थियो ।

३. एस्टीबालिज क्यारान्जा (Estibaliz Carranza, Austria)
अष्ट्रियाकी ३६ वर्षीया एस्टीबालिज क्यारान्जा एक आइसक्रिम सपकी चलाउथिन् । सुन्दर अनुहार भएकी एस्टीबालिज एक दिन आफ्ना श्रीमान् र प्रेमीलाई गोली हानी हत्या गरेको आरोप पक्राउ परिन् । दुई वर्षको अवधिमा यी अष्ट्रियन सुन्दरीले पति र प्रेमीको हत्या गरेकी थिइन् । आइक्रिम मेसिनको आवाजलाई ठूलो बनाएर उनले गोलीको आवाजलाई दबाउने कोशिस गरिन् र शवलाई टुक्रा टुक्रा पारिन् । त्यति मात्रै कहाँ हो र, उनले मृतक शरीरको बाँकी हिस्सालाई आइसक्रिम बनाउने भाँडोमा राखिर डिपफ्रिजमा जमाइन् । र घरकै स्टोरमा गाडिन् । त्यतिको लागि पनि उनले सिमेन्ट घोल्ने क्लास लिएकी थिइन् ।

४. एलेक्सिस नियर्स (Alexis Neiers, United States)
एलेक्सिस नेइर्स प्रख्यात ‘ब्लिङ रिङ’ ग्रुपकी सदस्य थिइन् । सेलिब्रिटीका घरमा चोरी गर्ने कार्यको लागि उनले हलिउडमा नाम बनाएकी थिइन् । सायद यो सर्वसाधारणको सेलिब्रिटीहरुलाई सामान्य मानिसको रुपमा हेर्न नसक्ने दोष पनि हुन सक्छ तर उनलाई उनको यो अपराधको लागि सबैले क्षमा दिए । हलिउडले पनि उनलाई माफ ग-यो । तर हाल एलेक्सिसले लागुऔषधको प्रयोग तथा अन्य आपराधिक गतिविधिहरु त्यागेर एक प्यारी आमा बनेकी छिन् ।

५. हेली वे (Haeli Wey, United States)

वेष्टलेक हाइ स्कुलमा एकदिन एकाएक हेलीले उनका केही विद्यार्थीहरुसँग रात रंगिन पारेको हल्ला चल्यो । यसै आरोपमा गणितकी शिक्षिका हेली २०१५ डिसेम्बर १७ मा पक्राउ पनि परिन् । दुई पीडित विद्यार्थीले यो कुरा सही भएको बताए र यो कार्य महिना दिनदेखि चल्दै आएको खुलाए । हुन त दुवै पीडित विद्यार्थीहरु १७ वर्ष उमेर पार गरिसकेका थिए तर अमेरिकाको टेक्सास राज्यको कानुनले शिक्षिकले विद्यार्थीसँग यौन सम्बन्ध राख्नुलाई गैरकानुनी भन्छ ।

यसको बारेमा तब मात्रै कुरा बाहिर आयो जब एक पीडित विद्यार्थीले उनका एक साथीसँग यो कुरा सेयर गरे । त्यसपछि मात्रै उनले आफ्ना अभिभावकलाई हेलीको कर्तुतको भिडियो प्रमाणसहित जानकारी गराएका थिए । र हेलीलाई प्रहरीको जिम्मा लगाइयो ।

via: www.dainiknepal.com

The post ५ संसारका खतरनाक सेक्सी क्रिमिनल्सहरु: जस्ले गरे होस् उडाउने क्राइम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CD9zQI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top