Photo of Milford Sound in New Zealand

बेलायतका एक जोडीले ग्रिसमा भएको आफ्नै विवाह समारोहमा अश्लिल हाउभाउ प्रस्तुत गरेपछि स्थानिय पादरीले उक्त क्षेत्रमा विवाह समारोह आयोजना गर्न नै प्रतिबन्ध लगाईदिएका छन् ।

बेलायतको बर्मिङहममा बसोबास गर्ने २७ बर्षिय म्याथ्यु लुन र ३४ बर्षिया कार्लीले ग्रिसको रोडिसमा रहेको ग्रिक गिर्जाघरमा विवाह सम्पन्न गरेका थिए । पछिल्लोपटक धेरै ब्रिटिसको विवाहको आकर्षणको केन्द्र ग्रिक गिर्जाघर बन्दै गएपछि उनीहरुले आफ्नो विवाह समारोहलाई अविश्मरणीय बनाउने सोचाई पहिल्यै बनाएका थिए । तस्विरमा म्याथ्युले टाउजर र अण्डरवेयरलाई तल झारेको र कार्लीले घुडाँ टेकेर मुख मैथुन गरेको क्षण बनाएर तस्विर कैद गरिएको थियो । उक्त तस्विरलाई म्याथ्युकै परिवारका एक सदस्यले खिचेर फेसबुकमा पोष्ट गरेपछि भाइरल बनेको थियो ।

तस्विर भाइरल भएपछि उनीहरुले धेरै नकारात्मक किसिमको प्रतिक्रियाहरु पाएका छन् । जसमा म्याथ्युकै हजुरबुवाले समेत नातीको यस्तो क्रियाकलाप प्रति खेद ब्यक्त गरे । रोडिसको स्थानिय समूदायका प्रमुख जिर्योगोस् इलिफ्थेरोसले हामी ग्रिक हौं र हामी हाम्रो संस्कृतिलाई माया गर्छौ । हाम्रो धार्मिक भावनामा कसैले ठेस पुर्‍याउने काम गर्छ भने त्यो हामीलाई असह्य हुन्छ । यदी यही काम ति ब्रिटिश जोडीले कुनै मस्जिदमा गरेका भए उनीहरुको शिर छेदन गरिसकेको हुने थियो ।

धार्मिक भावनामा आँच आउने काम गरेपछि उक्त गिर्जाघरका प्रमुख पादरी किरिलोस अफ रोडिसले अव उक्त क्षेत्रमा विवाह कार्यक्रम नगर्ने जनाएका छन् । यो निर्णयले गर्दा यसपटक उक्त क्षेत्रमा विवाह गर्न चाहने हजारौं ब्रिटिसहरुले आफ्नो विवाह समारोहलाई सार्नु परेको छ ।

यो कार्यले नकारात्मक चर्चा पाएपछि दुलही कार्लीले हामीले आफ्नो विवाहलाई अविष्मरणीय बनाउन तस्विर खिच्नका लागि मात्र उक्त हाउभाउ गरेको बताईन् । हाम्रो त्यो किसिमको नखरा हेरेर मानिसहरु आनन्दित होउन र हाँसुन भन्ने हाम्रो चाहना रहेको थियो । तर यसले नकारात्मक चर्चा पो पायो । एजेन्सी

The post आफ्नै विवाह समारोहमा अश्लिलता को हद पार गरेपछि | भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qEBeMy
via IFTTT
08 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top