भरतपुर, २१ पुस । चितवन प्रहरीले भरतपुरबाट वेश्यावृतीमा संलग्न ६ जोडीलाई पक्राउ गरेको छ ।
भरतपुरको केन्द्रीय बस ट्रमिनलमा रहेको होटल माउण्टेनमा छापामारेर प्रहरीले आपत्तिजनक अवस्थामा ६ जोडी युवा–युवतीलाई होटल कोठाबाट पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे होटेलमा छापामारेर शारीरिक सम्पर्क गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा वर्ष १८ देखि ४० वर्षसम्मका रहेका छन् । प्रहरीले पक्राउ गरेकाहरूमा भरतपुर–४ का युवराज लामा, गैंडाकोट ५ का भरतपुर–९ का राजेन्द्र बोगटी र भरतपुर–६ का निराजन चौधरी रहेका छन् ।
उनीहरूको साथमा रहेकी डुम्रे–१ तनहुँकी रानी आले (नाम परिवर्तन) भरतपुर–८ की सुविना मगर (नाम परिवर्तन), रानी माया लामा (नाम परिवर्तन) रम्भादेवी कंडेल (नाम परिवर्तन) भरतपुर–६ रेविका तामाङ (नाम परिवर्तन) रहेका छन् ।
पक्राउ परेका उनीहरूलाई केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
होटल मालिक सुरेन्द्र अधिकारीलाई समेत केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको चितवनका नायव उपरीक्षक शिव आचार्यले जानकारी दिए ।
भरतपुर महानगरपालिकाभित्र यौन व्यवसाय फस्टाएको र त्यसलाई प्रहरीले नै संरक्षण दिएको आरोप लाग्र्दै आएको छ । dainiknepal बाट
The post भरतपुरको माउन्टेन होटेलबाट छ जोडी पक्राउ, को–को पक्राउ परे ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2qoGVy7
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.