Photo of Milford Sound in New Zealand

अभिनेता आर्यन सिग्देलकी श्रीमती सपना भण्डारी आजदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । सपनाको जन्म २०४६ साल मंसिर १९ गते गोकर्णमा भएको हो ।सपनाले हरेक जन्मदिन विशेष रुपले मनाउँदै आएकी छिन् ।

उनको परिवारले उनलाई हरेक वर्षको जन्मदिनमा स्पेशल महसुस गराउने गरेको छ । यसै कारण पनि उनी जीवनका हरेक जन्मदिन बिर्सनै नसक्ने भएर रहेको बताउँछिन् । यस पटकको जन्मदिनमा उनलाई कसले सरप्राइज दिने हो त्यस बारेमा भने अहिलेसम्म उनलाई पनि थाहा छैन । तर उनलाई कहिले दिदीले, कहिले आमा बुवाले त कहिले दाईले सरप्राइज दिँदै आएका छन् ।

अमेरिका रहेका उनका दाईले सरप्राइज उपहार पठाएर उनको जन्मदिनलाई विशेष बनाइदिने गरेका छन् । तर श्रीमान् आर्यन भने काममा व्यस्त भएका कारण उनको जन्मदिनमा प्राय समय पनि दिन भ्याउँदैनन् ।

गत वर्ष उनको जन्मदिनको अवसरमा आर्यन नेपालमा थिएनन् । त्यस अघिको एउटा जन्मदिनमा आर्यनले सपनालाई चेन उपहार दिएका थिए त्यसले सपनाको जन्मदिन विशेष बनाएको थियो । किनभने सपनाले नै मन पराएको चेन अर्थात सुनको सिक्री आर्यनले किनिदिएका थिए । यो नै सपनाको जन्मदिनमा आर्यनको विशेष उपहार पनि हो । तर यस पटक भने आर्यनले उनलाई बिहानैदेखि विशेष महत्व दिईरहेका छन् । आज जन्मदिन परेकी सपनाका लागि आर्यनले आजको दिन पूरै छुट्याएका छन् ।

आफन्तहरुको सरप्राइजका अलावा जन्मदिनमा सपनाको अर्को विशेषता हो अस्ट चिरन्जीवि पूजा । उनी हरेक वर्ष यो पूजा गर्छिन् । तर यस पटक भने उनले विशेष कारणबस यो पूजा गर्न नपाउने भएकी छिन् ।

प्रायले जन्मदिनको अवसर पारेर केही नयाँ काम गर्ने संकल्प लिएका हुन्छन् । सपनाले पनि यस वर्षको जन्मदिनमा विशेष संकल्प गरेकी छिन् । यस विषयमा बोल्दै उनी भन्छिन्, ‘पहिले पहिले त खासै केही पनि लिँदैनथेँ । किन भने पढाईमा नै म केन्द्रित थिएँ । तर अहिले भने मास्टर पनि सकियो । अनि केही महिना भयो म घरमा बसेको पनि ।

त्यस कारण आफ्नै केही गर्ने की ! भन्ने सोचमा छु । लगभग त्यसको तयारी पूरा पनि हुन लागेको छ । केही समयमै काम सुरु हुन्छ होला । तर के गर्दैछु भन्ने कुरा चाहिँ तपाईँहरुले पछि थाहा पाउनुहुनेछ । अनि अर्को कुरा मलाई पीएचडी गर्न पनि एकदमै मन छ । यो पनि म समय मिलाएर गर्ने सोचमा छु ।

आर्यन सिग्देलको साथलाई कसरी बयान गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘एउटा कलाकारको हिसाबले उहाँको साथको बारेमा भन्नुपर्दा मलाई बाहिर कतै जाँदा उहाँका कारण अरुले दिएको सम्मान देख्दा एकदमै खुशी लाग्छ । अनि उहाँको काम र उहाँको लोकप्रियताका कारण मैले पनि माया पाएको छु यो मेरो लागि खुशीको कुरा हो ।

अनि एउटा आम मानिसको रुपमा मैले उहाँको साथलाई भन्ने हो भने उहाँ त मैले सोचेको भन्दा पनि माथि निस्कनु भयो । मैले पहिले आर्यन सिग्देलको बारेमा जे सोचेकी थिएँ त्यो भन्दा पनि राम्रो पाएँ मैले ।’
कुराकानीको क्रममा उनले सन्तान कहिले त ? भन्ने प्रश्नको जवाफ पनि दिइन् । यस बारेमा बोल्दै उनले भनिन्, ‘हामीले पनि अब यस बारेमा सोचेका छौँ । सायद अब छिट्टै नै हुन्छ ।’

The post आर्यनकी श्रीमती सपना ‘पीएचडी’ गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D324R6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top