Photo of Milford Sound in New Zealand

एजेन्सी। इण्डियन प्रिमियर लिग (आइपिएल)को ११ औं सिजनमा आश्चर्यजनक परिवर्तन हुने देखिएको छ । ११ औं सिजनको लिलामीअगाडि सबै टिमहरुले आफूले रिटेन गरेका खेलाडीको नाम सार्वजनिक गरेका छन् । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर बैंगलोरले निकै आश्चर्यजनक फैसला गरेका छन् ।

केकेआरले टिमलाई दुईपटक च्याम्पियन बनाउने कप्तान गौतम गम्भीरलाई र आरसिबीले टि–२० मा सबैभन्दा धेरै रनसँगै सबैभन्दा धेरै चौका, छक्का र शतक प्रहार गर्ने खेलाडी क्रिस गेललाई रिटेन गरेनन् । तत्कालका लागि यी दुवै टिमले यी स्टार खेलाडीलाई छोडिदिएका छन् । यद्यपि यी टिमले यी खेलाडीलाई २७ र २८ जनवरीमा हुने लिलामीमा ‘राइट टु म्याच’ कार्डका आधारमा टिममा ल्याउने विकल्प भने बाँकी नै छ ।

मुम्बइ इण्डियन्सले कप्तान रोहित शर्मासहित हार्दिक पाण्डे र जसप्रीत बुमराहलाई टिममै राखेको छ । चेन्नाइ सुपर किंग्सले एमएस धोनी, सुरेश रैना र रविन्द्र जडेजालाई टिममा राखेको छ । बैंगलोरले टिम इण्डियाका कप्तान विराट कोहलीलाई सबैभन्दा बढी १७ करोड रुपैयाँ दिँदै टिममा राखेको छ । योसँगै विराट आइपिएलमा सबैभन्दा धेरै तलब लिने खेलाडी बनेका छन् । टप खेलाडीको रिटेनिङ मूल्य १५ करोड भए पनि विराटलाई १७ करोड दिइएको हो । dcnepal

The post आइपिएलः कोलकाताबाट गम्भीर र बैंगलोरबाट क्रिस गेल आउट, विराट सबैभन्दा महंगा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2F0U9Ek
via IFTTT

0 comments:

Post a Comment

add

 
Top