Photo of Milford Sound in New Zealand

काठमाडौं। अपराध लुकाउन जोगी जीवनशैली अपनाएका एक व्यक्ति सजाय सुनाएको १० वर्षपछि पक्राउ परेका छन् । किर्ते मुद्दामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नवराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो धरौटीमा छुटेका उनलाई २४ वैशाख ०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँको जरिवाना सुनाएको थियो । सो कैदबाट बच्न उनी तान्त्रिक र जोगी बनेका छन । भेष बदले पनि उनले आफ्नो अपराध लुकाउन सकेनन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पोखरेललाई सुन्दरीजलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्युरोका डीएसपी कृष्ण महतले बताए । उनलाई जेल चलान गरिएको छ । ११ वर्षअघि पोखरेलले कालिकास्थानमा कार्यालय नै खोलेर नक्कली सरकारी प्रमाणपत्रको धन्दा चलाउँदै आएका थिए । साभार : पीएपी खबर

The post प्रहरीको खोजिमा रहेका नवराज भेष बदलेर ‘बाबा’ बने पछि … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DVXVyH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top