Photo of Milford Sound in New Zealand

जितपुर, कपिलवस्तु, २८ पुस- यहाँ खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् ।

दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी आज बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो ।

दाङ घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी आज मृतावस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी यहाँको वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका भोलेबाबाले जानकारी दिनुभयो । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ ।

अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आजै परिवारको जिम्मा लगाइने बताइएको छ । osnepal

The post दुई दिनअघिदेखि हराइरहेका विकासुको शव फेला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dob1EQ
via IFTTT
12 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top