Photo of Milford Sound in New Zealand

काठमाडौं, पुस १७ – सोमबार काठमाडौंसहित देशका अरु शहरमा युवतीहरुसमेत चिटिक्क ढाका टोपी लगाएर हिँडेका छन् । पाँचौँ नेपाली टोपी दिवस मनाउने क्रममा युवतीहरुसमेत ढाका टोपी लगाएर निस्केका हुन् ।

काठमाडौंको माइतीघरमा सोमबार बिहानै जागरुक युवा अभियान नेपालले गरेको कार्यक्रममा युवा, युवती र बालबालिका टोपी लगाएर उपस्थित भएका थिए ।

नेपाली टोपीको संरक्षणमा जोड दिनुपर्ने उनीहरुको सन्देश छ । टोपीको संरक्षण र पहिचानलाई जोड दिँदै माईतीघर मण्डलादेखि शान्तिबाटिकासम्म र्‍याली गर्ने कार्यक्रम छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविदहरुको भनाई छ ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले पनि आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । ujyaaloonline

The post ढाका टोपीमा चिटिक्क युवती, गमक्क युवा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lyROaX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top