Photo of Milford Sound in New Zealand

मुम्बई- भारतीय तेल तथा प्राकृतिक ग्यास कर्पोरेशन लिमिटेडको हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

हेलिकप्टर मुम्बई नजिक अरब सागरमा खसेको थियो । हेलिकप्टमा पाइलटसहित ७ जना रहेको निगमले जनाएको छ । समुन्द्री तटका गार्डहरुको टीमले ४ जनाको शव भेटेको छ ।

उडान भरेको १० मिनेटमा नै पवनहंस नामक उक्त हेलिकप्टरको सम्पर्क एयर ट्राफिक कन्ट्रोलसँग विच्छेद भएको थियो । त्यसपछि समुन्द्रमा नेभी र कोष्ट गार्डको मद्दतले सर्च अप्रेशन शुरु गरिएको थियो ।

अहिलेसम्म के कारणले हेलिकप्टर दुर्घटना भएको भन्ने कुरा पत्ता लाग्न सकेको छैन । हेलिकप्टरले शनिबार बिहान १० बजेर २० मिनेटमा जुहुबाट उडान भरेको थियो ।

The post निगमको हेलिकप्टर समुन्द्रमा खस्यो, पाइलटसहित ७ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mvABiX
via IFTTT
13 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top