Photo of Milford Sound in New Zealand

मिचीएको नेपाली भुमीमा नेपाली झन्डा फहराईयो -सिमानामा पुग्यो अनेरास्ववियु र अखिल क्रान्तिकारी ।। भिडियो सहित ।।

सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोली वीरगञ्ज आइपुगेको छ । अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्ज आईपुगेको हो ।

उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नं १ को सीमा क्षेत्रको स्थलगत अवलोकन गर्नेछन् । नेपालको सीमा भारततर्फ मिचिएकोबारे जानकारी पाएपछि स्थलगत अध्ययनका लागि टोली वीरगञ्ज आएको अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले बताए । नेपालको धनी पूर्जा लिएर, नेपाल सरकारलाई तिरो तिरेको जमिन भारतमा पर्न गएको, नेपालतर्फ परेको जमिनपनि भोगचलन गर्न नपाएको भन्ने बारे बुझ्न सीमा क्षेत्रमा आएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

हामीलाई पनि उनीहरुको एक वित्ता जमिन चाहिदैन, हाम्रो पनि जानुभएन,’ उनले भने ‘ हाम्रो सरोकार भनेको नेपालको धनी पूर्जा भएको जमिन कसरी भारतमा पर्‍यो भन्ने नै हो, केही हामीले विज्ञसँग बुझेर आएका छौं । अब हामी स्थानीयसँग र प्राविधिक टोलीसँग पनि कुरा गर्छौ, र सत्य तथ्य बुझ्छौं ।

दशगजामा नेपाली पक्षले भन्दा बढी भारतीय पक्षले बस्ती बसाएको र खेतिपाती गर्न लगाएको बताउँदै अध्यक्ष तामाङले त्यसको अन्त्यका लागि पनि दुवै संगठनले दवाव दिने बताए । अनेरास्ववियुको अध्यक्ष नविना लामाले सीमा क्षेत्रमा देखिएको समस्याको दिगो समाधानका खोज्नुपर्नेमा जोड दिइन् । कहिले सुस्ता, कहिले लिपुलेक, कहिले कालापानीमा यस्तो समस्या किन देखिन्छ । किन सीमाको विषयलाई लिएर हामीले विवाद गर्नुपर्ने हुन्छ रु’ उनले भनिन् ‘ किन भारतीयहरु विभिन्न नामबाट नेपालको जमिन मिच्छन् ।

यसको अब दीर्घकालीन समाधन खोजिनुपर्छ ।’ उनले सीमा क्षेत्रमा स्थलगत अध्ययन गरेर फर्केपछि नेपाल सरकार र भारतीय सरकार दुवैको ध्यानाकार्षण गराउने पनि बताइन् । ‘नेपाल सरकारको कमजोर प्रस्तुती नेपाली अधिकारीहरुको लाचारीका कारण ठाउँ ठाउँमा नेपालको भूमी भारतले अतिक्रमण गरिरहेको छ ।’ उनले भनिन्, ‘ अब त्यसको दीर्घकालीन समस्या समाधान हुनुपर्छ, त्यसका लागि हामी दुवैतर्फ दवाव दिन्छौं ।

नेपाल र भारतबीच सन २००७ मा भएको पछिल्लो सम्झौता अनुसार अहिले ‘स्ट्रिप म्याप’का आधारमा सीमा क्षेत्रमा हराएका वा जीर्ण बनेको पिल्लर मर्मत र निर्माणको काम भइरहेको छ । सो क्रममा वीरगञ्ज उपमहानगरपालि वडा नं १ छपकैया क्षेत्रमा मात्रै झण्डै नम्बरी, पर्ति र ऐलानी गरी ५० विगाहा जमिन भारततर्फ गर्न गएको स्थानीयको दावी छ । त्यसबारे नापी विभागका निर्देशकसहितकोे टोलीले शनिबारदेखि प्राविधिक अध्ययन गरिरहेको छ ।

नेपाल अंग्रेज युद्धको विधिवत समाप्तिका लागि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सन्धी ‘सुगौली सन्धि’ हो । यो सन्धिमा नेपालले आफ्नो अधिनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो ।

ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा यो सन्धिमा हस्ताक्षर भएकोे पुष्टि ४ मार्च १८१६ गरिएको थियो । सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ । लगभग ६० हजार हेक्टर जमीनमा विवाद रहेको बताईन्छ । यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस चलिरहेका छन् ।

कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले लगायत ५४ वटा क्षेत्रमा पनि सीमा विवाद देखिन्छ ।

नेपाली भूमि मिचिएकोबारे यस्तो आयो ‘वाम विद्यार्थी’को विज्ञप्ति ।

काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले भारतीय पक्षले नेपाली भूमि मिचेको ठहर गरेको छ ।

अनेरास्ववियूकी अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा नेपाली भूमि मिछेर सीमा स्तम्भ गाडिएको अवलोकनका क्रममा पाइएको उल्लेख गरेका छन् ।

अवलोकनको क्रममा स्तम्भ ३९१ देखि ३९३ सम्म करीब १३८ फिटको दरले ३ किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ऐतिहासिक आधार, भूमिको भोगचलन लगायतका प्रमाणित आधारहरुलाई लत्याएर बनाइएको र गुमहराममा राखिएको स्ट्रि म्यापको अबिलम्ब पुनरावलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ । भिडियो

The post मिचीएको नेपाली भुमीमा नेपाली झन्डा फहराईयो भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/2n0oKut

from SHYANE http://ift.tt/2E0dW6U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top