Photo of Milford Sound in New Zealand

डोटी, ४ माघ । डोटीवासीले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तिम संस्कार गरेका छन् प्रदेश नम्बर ७ को राजधानी डोटी माग गर्दै आन्तोलानरत जिल्लावासीले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सब यात्रा निकालेका हुन् ।

लामो समयदेखि आन्तोलनरत डोटी बासीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आइरहेका थिए । बुधबार सरकारले प्रदेश ७ को मुकाम राजधानी धनगढी तोकेपछि आन्दोलन् झन् झन् चर्किएको हो ।

दिपयाललाई राजधानी नबनाए नेपाली नागरिकता त्याग्ने चेतावनी समेत दिईसकेका डोटीबासीले यस अघि पनि लेखराज भट्ट र देउवाको पुतला जलाएका थिए । डोटीमा आन्दोलन चर्किएपछि छिमेकि जिल्ला र बाजुराबाट आवत जावत गर्नका लागि निकै समस्या भएको छ

सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरेको झोकमा नेपाली कांग्रेसका ३५ जना नेता स्थानीय नेताहरुले राजीनामा दिएका छन् ।

७ नम्बर प्रदेशको मुकाम डोटी राख्नुपर्ने माग गर्दै ती नेता-कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए । तर सरकारले कैलाली तोकेपछि बिरोधमा बुधवार राति नेपाली कांग्रेसका ३५ जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।

‘राजधानी धनगढी सारिनुले डोटी र डोटीबासीको परिचयसंग सामिप्यता गाँसेका सम्पूर्णजनहरुको आज घोर अपमान भएको महसुस भएको छ । सरकारको निर्णयले प्रदेश नं. ७ का पहाडीवासी सबैैलाई अन्याय भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसको साधारण सदस्य समेत त्याग्नु बाध्यात्मक कदम भएकाले हामी डोटीमा क्रियाशील अन्य राजनीतिक सहयात्रीहरुलाई डोटेली जनताको आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै जनताको साथमा सडकमा रहने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

अन्नपुर्ण पोष्ट

The post प्रधानमन्त्री देउवाको शवयात्रासहित यसरि अन्तिम संस्कार गरियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FSV22b
via IFTTT

0 comments:

Post a Comment

add

 
Top